बुधबार, १० असार २०८३
ताजा लोकप्रिय

ब्रेकअपपछि पहिलो पटक सँगै देखिए टाइगर श्राफ-दिशा पटानी

सोमबार, १८ असार २०८०, ०८ : ५१
सोमबार, १८ असार २०८०

मुम्बई। हालै दिशा पटानी र टाइगर श्राफ दिल्लीको एक कार्यक्रममा सँगै देखिएका छन् । ब्रेकअपपछि दिशा–टाइगर पहिलो पटक सार्वजनिक रूपमा सँगै देखिएका हुन् । यस सम्बन्धमा एउटा भिडियो पनि सामाजिक सञ्जालमा आएको छ । रिपोर्टका अनुसार दिशा र टाइगर कार्यक्रममा सहभागी हुन मुम्बईबाट दिल्ली पुगेका थिए ।

भिडियोमा दिशा र टाइगर कार्यक्रममा एक अर्काको छेउमा बसेर कुराकानी गरिरहेको देखिन्छ । यस बाहेक दिशा र टाइगर एयरपोर्ट पुगेका भिडियो पनि सामाजिक सञ्जालमा भाइरल भएको छ । तर, दुवैले पापाराजीलाई फरक–फरक पोज दिए ।

टाइगरले क्यामेराको लागि पोज दिँदा दिशा पछाडि उभिरहेकी थिइन् । टाइगरपछि दिशा क्यामेराको अगाडि आइन् र पोज दिइन् । कार्यक्रममा टाइगर श्राफले कालो टि–सर्ट र कालो प्यान्ट लगाएका  थिए ।

दिशा पटानीले यसलाई बैजनी क्रप टप, सेतो प्यान्ट र स्नीकर्समा स्टाइल गरेकी थिइन् । दुबैले सनग्लास पनि लगाएका थिए । कार्यक्रममा टाइगरकी बहिनी कृष्णा श्राफ दिशाको छेउमा बसेकी थिइन् । 

त्यही समयमा टाइगर श्राफकी आमा आयशा श्राफ छोराको पछाडि बसिरहेकी थिइन् । यिनीहरुका अलावा ड्यानी डेन्जोङ्पाका छोरा रिङ्जिङ डेन्जोङ्पा पनि कार्यक्रममा उपस्थित थिए ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप