देश बनाउने एजेन्डा लिएर नयाँ दल आए हामी छोड्न तयार छौँ : प्रधानमन्त्री
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नयाँ पार्टीहरूले पुराना पार्टीहरूको भन्दा राम्रो विचार लिएर आउने, राम्रो एजेन्डासहित जनताको जीवनमा परिवर्तन ल्याउने विश्वासका साथ कोही आउने हो भने उनीहरूलाई सम्मान गर्न र ठाउँ छोड्न गाह्रो नभएको बताएका छन् । तर अहिलेको स्थितिमा त्यस्ता पार्टी र राजनीतिक दलहरू नरहेको बताउँदै अहिले देखिएको अराजकताप्रति हेलचेक्र्याइँ गर्ने हो भने देशकै भविष्य दुर्घटनामा पर्ने दाबी गरेका हुन् ।
सोमवार स्व. गिरिजाप्रसाद कोइरालाको १०० औँ जन्मजयन्तीको अवसरमा काठमाडौँमा भएको कार्यक्रमलाई सम्बोधन गर्दै सामाजिक सञ्जालमा गाली गरेकै भरमा देशको राजनीतिक कोर्सलाई नै दायाँबायाँ गर्न खोज्ने प्रवृत्ति देखापरेको बताए । उनले सिद्धान्त र राजनीतिक एजेन्डामा केन्द्रित पनि हुन नपर्ने, सामाजिक सञ्जालमा गाली गरेकै भरमा देशको राजनीतिक कोर्सलाई नै दायाँबायाँ गर्न खोज्ने प्रवृत्तिलाई रोक्न जरुरी रहेको जिकिर गरे ।
‘आम नेपाली जनताको मेहनत र बलमा प्राप्त भएको यो परिवर्तन अहिले विचारको आवश्यकता पनि महसुस नगर्ने, सिद्धान्त र राजनीतिक एजेन्डामा केन्द्रित पनि हुन नपर्ने, सामाजिक सञ्जालमा गाली गरेकै भरमा देशको राजनीतिक कोर्सलाई नै दायाँबायाँ गर्न खोज्ने प्रवृत्ति देखिएको छ,’ उनले भने, ‘हामीले आफ्नो आत्मसमीक्षा गरेर फेरि एउटा नयाँ इच्छाशक्ति सहित राष्ट्र र जनताको जीवन बदल्ने पहल गर्नुपर्छ ।’
प्रधानमन्त्री दाहालले कसैले नयाँ विचार लिएर आए उनीहरुलाई ठाउँ छाड्न पनि तयार हुनुपर्ने बताए । प्रधानमन्त्रीले भने, ‘मैले कहिलेकाहीँ भन्ने गर्दछु, हाम्रो भन्दा राम्रो विचार लिएर आउने कोही छ भने, हाम्रो भन्दा धेरै त्याग तपस्या गरेका दलहरू कोही अघि आउने, हाम्रो भन्दा राम्रो एजेन्डासहित जनताको जीवनमा परिवर्तन ल्याउने विश्वासका साथ कोही आउने हो भने हामीलाई तिनीहरूलाई सम्मान गर्न, तिनीहरूको लागि ठाउँ छोड्दिन केही गाह्रो छैन ।’
प्रधानमन्त्री दाहालले संघीय शिक्षा ऐन, मन्त्रीपरिषद्मा छलफल गरी मन्त्रीपरिषद्कै समितिमा पठाइसकेको उल्लेख गर्दै केही दिनभित्र नै संसद्मा प्रस्तुत गर्ने प्रतिबद्धता जनाए । उनले विश्वविद्यालय ऐनको पनि आवश्यकता रहेकाले त्यसको तयारीमा लाग्ने पनि बताए । उनले गिरिजाप्रसाद कोइराला मेमेरोयिल कलेजलाई विश्वविद्यालय बनाउने काम अघि बढाउने प्रतिबद्धतासमेत व्यक्त गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
परराष्ट्र नीतिमा विचलन आए सशक्त प्रतिरोध हुनेछ: नारायणकाजी श्रेष्ठ
-
सुकुमबासीहरूलाई भोकमरीतर्फ धकेलिएको आराेप, फौजदारी अनुसन्धानको माग
-
पाकिस्तानको तटमा कार्गो विमानको भग्नावशेष फेला, ५ चालक दलका सदस्यको खोजी जारी
-
थारू समुदायको प्रथाजनित परम्परा संरक्षणसम्बन्धी विधेयक सर्वसम्मत पारित
-
१० बजे १० समाचार : अभिषेक गिरीको जताततै घरजग्गा, फेरि भिड्न थाले इरान–अमेरिका
-
देउवा समूह पार्टीमा एकता कायम राख्न लचिलो बन्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण