कृषि सहकारी तथा प्राकृतिक स्रोत समितिको आन्तरिक कार्यविधि २०८० पारित
सोमबार, १८ असार २०८०, १५ : १६
काठमाडौँ । कृषि,सहकारी तथा प्राकृतिक स्रोत समितिको आन्तरिक कार्यविधि,२०८० सर्वम्मतिले पारित भएको छ । सोमबार बसेको प्रतिनिधि सभा अन्तर्गतको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिका ज्येष्ठ सदस्य सांसद अम्मरबहादुर थापाको अध्यक्षतामा बसेको बैठकले उक्त कार्यविधि पारित गरेको हो । समितिको आजको बैठकमा कार्यविधिको मस्यौदामाथि दफादार छलफल गरी कार्यविधिलाई सर्वसम्मत रुपमा पारित गरिएको हो।
संघीय संसद्को प्रतिनिधि सभा नियमावली २०७९ को नियम १७८ को उपनियम (७) बमोजिम समितिले उक्त कार्यविधि बनाएर पारित गरेको समिति सभापति थापाले जानकारी दिनुभयो । समितिको बैठकलाई थप व्यवस्थित,प्रभावकारी र मर्यादित बनाउनका लागि संघीय संसद्को प्रतिनिधि सभा नियमावली, २०७९ को नियम १७८ को उपनियम (७) बमोजिम समितिले कार्यविधि बनाएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वातावरणमैत्री स्रोतको उपयोगमा जोड दिन आवश्यक छ: उपराष्ट्रपति
-
वातावरण सुधारका गतिविधि प्रवर्द्धन गर्न राष्ट्रपतिको आह्वान
-
विश्व वातावरण दिवस आज विभिन्न कार्यक्रम गरी मनाइँदै
-
शुक्रबार यी राशिहरूको लागि शुभ, हेर्नुहोस् राशिफल
-
रामग्राममा सांस्कृतिक भवन निर्माण अन्तिम चरणमा
-
नेपालगन्ज भन्सार: दश महिनामा लक्ष्यको ६८ प्रतिशत राजस्व सङ्कलन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण