कोसी अस्पतालको मेसु चार महिनामै परिवर्तन
विराटनगर । कोसी अस्पतालमा चार महिना अगाडि नियुक्त भएका निमित्त मेसु डा. रविराज सिंह हटाइएको छ । उनको ठाउँमा डाक्टर चन्द्रलाल झा नियुक्त भएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको मन्त्री परिवर्तन भएसँगै अस्पतालमा मेडिकल सुपरिडेन्डेन्ट फेरिने गरिएको छ । जसका कारण विगत १६ महिनामा चार जना मेसु नियुक्त भएका छन् ।
२०७८ फागुन ५ गते स्वास्थ्य मन्त्रीमा विरोध खतिवडा आएसँगै हाडजोर्नी तथा नशारोग विशेषज्ञ डाक्टर यज्ञराज खरेल मेसुमा नियुक्त भएका थिए । खरेलले ६ महिना काम गर्दा नगर्दै खतिवडा मन्त्री पदबाट बाहिरिए । उनको ठाउँमा आएका स्वास्थ्य मन्त्री भवानी खापुङले कोसीको मेसुमा २०७९ भदौ १६ गते डाक्टर लक्ष्मीनारायण यादवलाई निमित्त मेसुको जिम्मेवारी दिए ।
यादवले जिम्मेवारी पाएको छ महिना नबित्दै स्वास्थ्य तथा जनसंख्या मन्त्री खापुङ बाहिरिए र पदम गिरी आए । फेरि उनले २०७९ फागुन २ गते निमित्त मेसुको जिम्मेवारी डाक्टर रविनराज सिंहलाई दिएका थिए । पदम गिरी मन्त्री पदबाट आउट भएर मोहनबहादुर बस्नेत स्वास्थ्य तथा जनसंख्या मन्त्री छन् । फेरि उनै बस्नेतले मेसुमा अस्पतालका छाला तथा यौनरोग विशेषज्ञ डाक्टर चन्द्रलाल झालाई नियुक्त गरेका हुन् । झा चार महिना अगाडि ११ औँ तहमा बढुवा भएका चिकित्सक हुन् । उनी कोशी अस्पतालमा विगत चार वर्षदेखि कार्यरत छन् । झाले मंगलबारदेखि कार्यभार सम्हाल्ने जनाइको छ ।
मेसु नियुक्तिको इतिहास, ०६१ पछि दिगो भएनन्
कोशी अस्पतालमा हालसम्ममा ३३ जना मेसु परिवर्तन भएका छन् । कार्यालय प्रमुखको रूपमा २०१८ साल पुसमा डाक्टर भरतराज वैद्य नियुक्त भएका थिए । उनले झन्डै १० वर्ष अस्पताल प्रमुखको रूपमा काम गरे । अस्पताल प्रशासनका अनुसार पछिल्लो पटक डाक्टर चुमनलाल दासले मात्रै एक वर्ष काम गर्न पाएका थिए । २०७७ असार १ गते मेसुको जिम्मेवारी पाएका दास २०७८ फागुन ४ गतेसम्म जिम्मेवारीमा थिए । साढे ३ सय शय्याको कोशी अस्पतालमा दैनिक ओपिडीमा १ हजार देखि १ हजार पाँच सय बिरामीले स्वास्थ्य उपचार गर्ने गरेको अस्पतालको अभिलेखमा देखिन्छ । यो अस्पताल कोशी प्रदेशको राजधानी विराटनगरमा रहेको ठूलो सरकारी अस्पताल हो । अस्पताल विकास समिति र मेसु नियुक्तिमा ठूलो आर्थिक चलखेल हुने गरेको कतिपय बताउँछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सांसद लिमा अधिकारीको प्रश्न, ‘उधारो सेयर कारोबार र कृत्रिम मूल्यवृद्धि कसरी भयो?’
-
ऋण र बेरोजगारीका कारण युवाले आत्मदाह गर्ने स्थिति चिन्ताजनक : सांसद भाट
-
प्रि–आईपीओ अवैध चलखेल हो, थाहा पाउनेबित्तिकै कारबाही गर्छौँ: अध्यक्ष डा. भट्ट
-
व्यक्तिले होइन, विधिले देश बनाउने हो : सांसद सङ्ग्रौला
-
पुँजीबजारमा छिट्टै ‘सर्ट सेलिङ’ प्रणाली लागू गरिँदै, बजार घट्दा पनि प्रतिफल लिन सकिने
-
ग्यासको वितरण, अनुगमन र व्यवस्थापनलाई प्रविधिमैत्री एवं व्यवस्थित बनाउनुपर्छ : अन्सारी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण