अर्थ
पेट्रोलियम पदार्थको मूल्य घट्यो
सोमबार, १८ असार २०८०, २० : ३५
काठमाडौँ । नेपाल आयल निगम लिमिटेडले आज राति १२ बजेदेखि लागू हुने गरी पेट्रोल तथा डिजेल / मट्टितेलको मूल्य घटाएको छ ।
इन्डियन आयल कर्पोरेसन लिमिटेडबाट असार १६, २०८० मा प्राप्त नयाँ खरिद मूल्यसूचीका सन्दर्भमा निगम सञ्चालक समितिको सोमबार बसेको बैठकले मूल्य घटाउने निर्णय गरेको हो ।
बैठकको निर्णयअनुसार साबिकको खुद्रा बिक्री मूल्यमा पेट्रोल तथा डिजेल / मट्टितेलमा पहिलो, दोस्रो तथा तेस्रो वर्गका लागि क्रमशः प्रति लिटर रु. ७.५०, रु.६ र रु. ५ ले घटाइएको छ ।
साथै साबिकको आन्तरिकतर्फको हवाई इन्धनमा प्रति लिटर रु. १४ तथा अन्तर्राष्ट्रियतर्फको हवाई इन्धनको खुद्रा बिक्री मूल्यमा प्रति किलो लिटर अमेरिकी डलर ११५ (प्रति लिटर करिब रु. १५००) ले घटाइएको छ ।
एलपी ग्यासको मूल्य भने यथावत रहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
संयुक्त राष्ट्रसङ्घ नेतृत्व चयनकाे दौडमा, उम्मेदवारबिच बहस हुँदै
-
डा. गोविन्द केसीलाई अनसन स्थगित गर्न सुदूरपश्चिमेलीको आग्रह
-
रास्वपा सभापति रवि चीन भ्रमणमा जाँदै
-
देशका विभिन्न ६ वटा सडकखण्ड पूर्ण रूपमा अवरुद्ध, ११ आंशिक सञ्चालनमा
-
बीमा र धितोपत्र सम्बन्धी कसूरमा फरार मृगेन्द्रनाथ रिमाल पक्राउ
-
त्रिविसहित अन्य विश्वविद्यालयमा प्रोफेसर एक्सचेन्ज प्रोग्राम ल्याउन पहल थालेको छु : शिक्षामन्त्री
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण