इन्स्पेक्टरले महिलालाई ‘आपत्तिजनक’ म्यासेज पठाएपछि छानबिन समिति
काठमाडौँ । जिल्ला प्रहरी कार्यालय कास्कीमा कार्यरत प्रहरी निरीक्षक सुवास तिमिल्सिनामाथि छानबिन थालिएको छ । महिलालाई ‘आपत्तिजनक’ मेसेज पठाएको बाहिरिएपछि छानबिन गर्न डिएसपीको नेतृत्वमा समिति गठन गरिएको कास्कीका एसपी अजय केसीले रातोपाटीलाई बताए ।
इन्स्पेक्टर तिमिल्सिनाले आफूलाई प्रताडित बनाएको भन्दै पीडित महिलाले म्यासेजको स्क्रिन सट ट्विटरमा पोस्ट गरेकी छन् । ‘अब बोल्ने’ नामक ट्विटर ह्यान्डलमा स्क्रिन सट पोस्ट गर्दै उनले भनेकी छन्– ‘नेपाल प्रहरीको शक्तिमार्फत सुरक्षा सेवकले नै महिलामा असुरक्षा सिर्जना गरिरहेका छन् ।’
म्यासेजमा इन्स्पेक्टर तिमिल्सिनाले भनेका छन्– ‘म तिम्रो बडी फिगरको फ्यान हुँ ।’
छानबिन समितिको संयोजकमा इलाका प्रहरी कार्यालय सिसुवाका डिएसपी प्रकाश दाहाल छन् । ५ जनाको समितिले छानबिन सुरु गरेको एसपी केसीले जानकारी दिए । यता, इन्स्पेक्टर तिमिल्सनाले पनि एसपी केसीलाई निवेदन दिएर आफ्नो इस्टाग्राम अकाउन्ट ह्याक भएको र आफूले नचलाएको बताएका छन् ।


खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
टोपबहादुर रायमाझीलाई ४ वर्ष कैद र ४० हजार जरिवाना
-
नक्कली भुटानी शरणार्थी प्रकरण : कसुरदारहरूलाई सजाय ताेकियाे, कसलाई कति सजाय ?
-
धितोपत्र बोर्ड नीति तथा कार्यक्रम : फिन्फ्लुएन्सरमाथि निगरानी, कारोबार शुल्क घटाउने घोषणा
-
कर्मचारीलाई गाडी किन्न ६० लाखसम्म ऋणमा ब्याज अनुदान दिन प्रस्ताव
-
मनसुनमा सडक सुचारु राख्न विशेष कार्ययोजनाः देशैभर हेभी उपकरण तैनाथ
-
मधेस प्रदेश पूर्वप्रमुख राजेश अहिराज बलात्कार मुद्दामा दाेषी ठहर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण