बिहीबार, २७ वैशाख २०८१
ताजा लोकप्रिय

दक्षिण अफ्रिकामा सडक दुर्घटना, १५ जनाको मृत्यु

सोमबार, १८ असार २०८०, २२ : ५०
सोमबार, १८ असार २०८०

केप टाउन । दक्षिण अफ्रिकाको पूर्वी केप प्रान्तमा आइतबार साँझ मिनीबस र भारी बोक्ने ट्रक ठोक्किँदा एक बालकसहित १५ जनाको मृत्यु भएको छ ।  प्रान्तीय यातायात विभागका प्रवक्ता उन्थी बिन्कोसेका अनुसार राति ११ बजेतिर मिडलबर्ग नजिकै एन ९ सडकमा भारी बोक्ने ट्रकले जनावरलाई ठक्कर दिँदा चालकले नियन्त्रण गुमाएको र दुर्घटना भएको बताइएको छ । 

दुर्घटनामा मृत्यु हुने १५ जना सबै मिनीबस ट्याक्सीका यात्रु रहेको बुझिएको छ । मृत्यु हुनेमा नौ महिला, चार पुरुष र दुई बालिका, दुई वर्षका र दुई महिनाका बालक रहेको प्रवक्ताले जानकारी दिएका छन् । 
ट्रकका चालक भणे सामान्य घाइते भएका छन् ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप