१७ जनालाई ‘पक्राउ नगर्नु’ भन्ने आदेशविरुद्ध प्रहरीको ‘भ्याकेट’
काठमाडौं । ललिता निवास प्रकरणमा जोडिएका १७ जनालाई ‘पक्राउ नगर्नु’ भन्ने सर्वोच्चको आदेशविरुद्ध प्रहरीले ‘भ्याकेट’ निवेदन दायर गरेको छ । अन्तरिम आदेशविरुद्ध सर्वोच्च अदालतमा ‘भ्याकेट’ निवेदन दिएको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) की एआईजी किरण बज्राचार्यले रातोपाटीलाई बताइन् ।
सीआईबीको निवेदन सोमबार सर्वोच्च अदालतले दर्ता गरेको थियो । २०७९ साउन १९ मा न्यायाधीश ईश्वरप्रसाद खतिवडाले ललिता निवास प्रकरणमा जोडिएका १७ जनालाई ‘किर्ते मुद्दामा पक्राउ नगर्नु, नगराउनु’ भन्दै अन्तरिम आदेश दिएका थिए ।
सर्वोच्चको अन्तरिम आदेश देखाएर १२ असारमा पक्राउ परेका मालपोत कार्यालय डिल्लीबजारका तत्कालीन प्रमुख कलाधर देउजा, अधिकृत सुरेन्द्रमान कपाली र हुपेन्द्रमणि केसी रिहा भएका थिए ।
यस्तै, सीआईबीको नियन्त्रणमा रहेका रहेका भाभटेनी डेभलपमेन्ट कम्पनी प्रा.लिका सञ्चालक मीनबहादुर गुरुङ र पूर्व निर्वाचन आयुक्त सुधीर शाहले दिएको बन्दी प्रत्यक्षीकरण रिटमा मंगलबार सुनुवाइ भइरहेको छ । न्यायाधीशहरू डा. आनन्दमोहन भट्टराई र हरि फुयाँलको इजलासमा सुनुवाइ जारी छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जेफ्री एप्स्टिनलाई किशोरी उपलब्ध गराउने अर्का फ्रान्सेली ‘मतियार’ मृत फेला
-
विवादितलाई काखी च्याप्ने ‘मोदी–प्रवृत्ति’ कै कारण शिक्षामन्त्री धर्मेन्द्र प्रधान अझै कुर्सीमै छन्
-
इरानलाई ट्रम्पको चेतावनी : होर्मुजमा हमला भए तेहरानका पुल र पावर प्लान्टमा बमबारी गर्ने
-
वन तथा वातावरण मन्त्रालयको ८२ प्रतिशत प्रगति
-
१० बजे १० समाचार : विभाजनको बाटोमा कांग्रेस, सहकार्यको प्रयासमा ओली-प्रचण्ड
-
हर्मुज तनावसँगै तेल बजार प्रभावित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण