ललिता निवास
ललिता निवास प्रकरण : स्टे अर्डर लिएका ३ जना रिहा
मङ्गलबार, १२ असार २०८०, १९ : ५२
१
काठमाडौँ । ललिता निवासको जग्गा हिनामिना गरेको मुद्दामा पक्राउ परेका ३ जना रिहा भएका छन् । स्टे अर्डर लिएका ३ जनालाई रिहा गरिएको हो ।
मंगलबार केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले पक्राउ गरेका सुरेन्द्रमान कपाली, मालपोत कार्यालय डिल्लीबजारका तत्कालीन प्रमुख कलाधर देउजा र हुपेन्द्रमणि केसीलाई प्रहरीले कागज गराएर रिहा गरेको छ ।
उनीहरूलाई हिरासतबाहिरै राखेर अनुसन्धान गरिने सीआईबीका प्रवक्ता (एसपी) नवराज अधिकारीले बताए ।
सरकारी लिखत किर्ते गरेर बालुवाटारस्थित ललिता निवासको जग्गा हिनामिना गरेको कसुरमा सीआईबीले मीनबहादुर गुरुङसहित ७ जनालाई पक्राउ गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
बाँदरले पनि मानिससरह ज्यामितीय आकार बुझ्न सक्छ
-
नजरअन्दाज गरिए पाइला रोकिँदैनन्, हामी अझै लक्ष्मण रेखाभित्रै छौँ : वीरबहादुर बलायर
-
त्रिवि शिक्षण अस्पतालमा बिहीबार दिउँसोको सेवा बन्द हुने
-
हिटलरको जन्मस्थल अब प्रहरी कार्यालय
-
साउदी अरबले जबरजस्ती लागु गर्यो सिप प्रमाणीकरण, डलर तिर्न म्यानपावर व्यवसायीलाई दबाब
-
पाकिस्तानले अमेरिकासँग माग्यो १० अर्ब डलर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण