लम्पी स्किन रोग : कोशी प्रदेशमा ८० हजार खोप अभाव
विराटनगर । कोशी प्रदेशमा हालसम्म लम्पी स्किन रोगबाट ३ हजार ६ सय १४ वटा पशुको मृत्यु भएको पशुपन्छी तथा मत्स्य विकास निर्देशनालय विराटनगरले जनाएको छ । जसमा सबैभन्दा बढी इलाम प्रभावित भएको छ ।
इलाममा मात्रै हालसम्म लम्पी स्किनबाट १ हजार ७३९ वटा पशुको मृत्यु भएको छ । जसमा २ वटा भैँसी छन् भने अरू सबै गाई र गोरी रहेको निर्देशनालयले जनाएको छ । यस्तै प्रदेशभरमा हालसम्म १ लाख ५९ हजार ४२९ वटा पशु यो रोगबाट प्रभावित भएका छन् । जसमा सबैभन्दा बढी इलामकै रहेका छन् । इलाममा २९ हजार ८८, पाँचथरमा २५ हजार ९ सय, झापामा २० हजार १४, उदयपुरमा १५ हजार ५ सय, धनकुटामा १५ हजार ४०६ र सुनसरीमा ८ हजार ३५५ वटा पशुमा लम्पी स्किन देखिएको छ । निर्देशनालयका अनुसार गाई गोरुमा धेरै यो रोग देखिएको छ ।
हालसम्म १ लाख ५८ हजार ७४ वटा गाई गोरुमा यो रोग देखिँदा १ हजार ३५५ वटा भैँसीमा मात्रै देखिएको छ । निर्देशनालयले असार १४ गतेसम्ममा सङ्कलन गरेको यो विवरणमा हालसम्म प्रभावित पशुहरूमध्ये ८० हजार ४२ वटामा खोप अभाव भएको छ । जसमा सबैभन्दा बढी खोप लगाउनु पर्ने पशुको सङ्ख्या झापामा रहेको छ । झापामा ३० हजार ४५६, इलाममा २२ हजार ५१८, पाँचथरमा ११ हजार ६५०, ताप्लेजुङमा ४ हजार ५०, खोटाङमा ४ हजार, ओखलढुंगामा ३ हजार ५० वटा पशुमा खोपको आवश्यकता रहेको बताइएको छ । सङ्खुवासभा, तेह्रथुम, भोजपुर र सुनसरीमा भने खोप लगाउनु पर्ने पशुको सङ्ख्या नरहेको निर्देशनालयले जनाएको छ ।
लम्पी स्किन कस्तो रोग हो ?
लम्पी स्किन रोग गाई भैँसीलाई हुने सङ्क्रामक रोग हो । लामखुट्टे, टोक्ने झिँगा र किर्नाजस्ता कीराको टोकाइबाट यो रोग सर्ने पशु चिकित्सकहरू बताउँछन् । यो रोग लागेपछि गाईभैँसीको दूध उत्पादन कम हुने उच्च ज्वरो आउने, तौल घट्ने र कहिलेकाहीँ मृत्यु पनि हुन सक्ने उनीहरूको दाबी छ ।
यो रोग लागेका गाईभैँसीको छालामा एकदेखि पाँच सेन्टिमिटरको साह्रा र गोला गाँठा हुन्छन् । त्यस्तै सङ्क्रमित गाईभैँसीको थुतुनो, मुख र नाकमा घाउ देखिन्छ भने आँखा र नाकबाट अत्यधिक मात्रामा तरल पदार्थ निस्कन्छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बाल यौन दुर्व्यवहारसम्बन्धी सामग्रीबारे एप्पलविरुद्धको मुद्दा खारेज
-
रौतहटमा आत्मदाहको प्रयास गरेका सहनीको वीर अस्पतालको आइसीयूमा उपचार
-
भारतीय गोलभेँडाको दबदबा: बजार भाउ १० रुपैयाँ मुनि झरेपछि नेपाली किसान आन्दोलित
-
पुराना दलहरूप्रति असन्तुष्टि किन बढ्यो ?
-
काठमाडौँमा निःशुल्क स्तन र पाठेघरको मुखको क्यान्सर परीक्षण, ९० जनामा एचपीभी पोजेटिभ
-
उच्च शिक्षा अध्ययन गर्नेलाई छात्रवृत्ति
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण