विप्लवसँग पार्टी एकता गर्न एकता संयोजन समिति बन्दै छ : प्रचण्ड
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपासँग पार्टी एकता गर्नेगरी अघि बढिएको बताएका छन् । स्ववियू काउन्सिलको तेस्रो भेलालाई कीर्तिपुरमा उद्घाटन गर्दै प्रचण्डले सबै पूर्व माओवादीहरु एक ठाउँमा आउने वातावरण बन्दै गएको बताए ।
‘पूर्व माओवादीहरु जति सबै एक ठाउँमा आउने आधार बन्दै छ । हामी आफूलाई रैथाने माओवादी भन्ठान्छौँ । हामी रैथाने पार्टीको डिफेन्स गर्न नेतृत्वको पक्षमा कस्सिएर बाहिर बोल्न अलि डराएका जस्ता भएका छौँ ’ प्रचण्डले भने, ‘तर, आज भोलि विप्लवजीहरु कसिएर पार्टी र नेतृत्वको पक्षमा बोल्न थाल्नु भएको छ । यो हाम्रो लागि खुसीको कुरा हो ।’ विप्लवसँग पार्टी एकता गर्न संयोजन समिति बनाइने प्रचण्डले बताए ।
‘अब हाम्रो पार्टीको केन्द्रीय समिति छिट्टै बसेर पार्टीको पुर्ननिर्माण गर्ने,पुर्नसंगठित गर्ने गर्नेतिर लाग्ने छौँ । पार्टी एकतासम्म आउन खोज्नेसँग एकता गर्ने र पार्टी एकतामा आउन नसक्नेसँग मोर्चाबन्दी गर्ने सोचिएको छ’ प्रचण्डले भने ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
परराष्ट्र नीतिमा विचलन आए सशक्त प्रतिरोध हुनेछ: नारायणकाजी श्रेष्ठ
-
सुकुमबासीहरूलाई भोकमरीतर्फ धकेलिएको आराेप, फौजदारी अनुसन्धानको माग
-
पाकिस्तानको तटमा कार्गो विमानको भग्नावशेष फेला, ५ चालक दलका सदस्यको खोजी जारी
-
थारू समुदायको प्रथाजनित परम्परा संरक्षणसम्बन्धी विधेयक सर्वसम्मत पारित
-
१० बजे १० समाचार : अभिषेक गिरीको जताततै घरजग्गा, फेरि भिड्न थाले इरान–अमेरिका
-
देउवा समूह पार्टीमा एकता कायम राख्न लचिलो बन्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण