आयुर्वेदको विकास गर्ने कार्ययोजना आए तत्काल कार्यान्वयन गर्छु : मन्त्री बस्नेत
काठमाडौँ । स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेतले आयुर्वेदको विकास गर्ने कार्ययोजना आए आफूले तत्काल कार्यान्वयन गर्न तयार रहेको बताएका छन् ।
नेपाल आयुर्वेद चिकित्सक संघको २६ औं स्थापना दिवसको अवसरमा बुधबार राजधानीमा आयोजित कार्यक्रममा मन्त्री बस्नेतले उक्त विचार राखेका हुन् ।
आयुर्वेद क्षेत्रका विज्ञहरुले अब सरकारले यो गरेन वा त्यो गरेन भनेर गुनासो गर्नुको सट्टा आयुर्वेदको विकासका लागि कसले के गर्नुपर्छ भन्ने स्पष्ट दृष्टिकोण सहितको कार्ययोजना लिएर आउनुपर्ने उनको धारणा थियो ।
मन्त्री बस्नेतले भने, ‘मै मन्त्री भएका बेला आयुर्वेदको विकासबारे कार्ययोजना लिएर आउनुहोस्, कार्यान्वयन गराएर छोड्छु ।’
ईच्छाशक्ति, कार्ययोजना र राज्यको सकारात्मक भूमिका भए जुनसुकै काममा पनि सफलता हात पार्न सकिने दाबी गर्दै मन्त्री बस्नेतले जागिर खाएर मात्र बस्ने प्रवृत्तिले मात्र नवीनतम सोचको विकास हुन नसक्ने जिकिर गरे ।
आयुर्वेद क्षेत्र प्रचुर सम्भावना भएको क्षेत्र भएको बताउँदै मन्त्री बस्नेतले यो क्षेत्रको मान र शान बढाउन सबै लाग्नु पर्नेमा जोड दिए ।
कार्यक्रममा औषधि व्यवस्था विभागका महानिर्देशक नारायण ढकालले पछिल्ला वर्षहरुमा पश्चिमा देशहरुसमेत आयुर्वेदप्रति आकर्षित भइरहेको बताउँदै यसको विकासका लागि सबैले हातेमालो गर्दै अगाडि बढ्नुपर्ने बताए ।
नेपाल आयुर्वेद चिकित्सक संघका अध्यक्ष डा. श्यामबाबु यादवले स्वास्थ्य समाज निर्माणका लागि आयुर्वेदको विकास हुनु जरुरी रहेकोले सरकारले आयुर्वेदलाई प्राथमिकतामा राखेर नीति बनाउनु पर्नेमा जोड दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘राजनीतिक हस्तक्षेप नरोके एक दशकमै मरुभूमि बन्छ तराई’
-
राम चरणको बहुप्रतिक्षित फिल्म ‘पेद्दी’ को ओपनिङ कस्तो ?
-
रङ्गमञ्चमा फिल्म स्टारको लर्काे : अभिनयको तिर्खा कि नयाँ अवसरको खोजी ?
-
रुकुम पश्चिममा जुवाको खालबाट वडाध्यक्षसहित ६ जना पक्राउ
-
अयोध्या पुगे भारत भ्रमणमा रहेका लामिछाने (तस्बिरहरू)
-
स्टार कलाकारको प्रवेश रङ्गमञ्च विकासका लागि उत्साहजनक सङ्केत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण