लुम्बिनी प्रदेशको बजेट बहुमतले पारित
बुटवल । लुम्बिनी प्रदेश सरकारको बजेट बहुमतले पारित भएको छ । प्रदेशसभाको दोस्रो अधिवेशनको १८ औँ बैठकले असार १ गते प्रस्तुत गरिएको बजेट बहुमतले पारित गरेको हो ।
प्रदेश सरकारको अर्थ सम्बन्धी प्रस्तावलाई कार्यान्वयन गर्न बनेको विधेयक बहुमतले पारित गरेको सभामुख तुलाराम घर्तीले घोषण गरेका छन् ।
बैठकमा लुम्बिनी प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री धनबहादुर मास्कीले प्रदेश सरकारको अर्थ सम्बन्धी प्रस्तावलाई कार्यान्वयन गर्न बनेको विधेयक पारित गरिसोस भन्ने प्रस्ताव प्रस्तुत गरेको थिए । उक्त प्रस्ताव ध्वनि मतको आधारमा बहुमतले पारित भएको सभामुख घर्तीले घोषणा गरेका छन् ।
लुम्बिनी सरकारले आर्थिक वर्ष २०८०/०८१ का लागी ४० अर्ब ४७ करोड ८९ लाख ९७ हजार रुपैयाँ बराबरको बजेट ल्याएको छ । सरकारले असार १ मा ल्याएको बजेट चालुतर्फ १३ अर्ब ६३ करोड ३० लाख ९९ हजार र पुँजीगततर्फ २३ अर्ब २५ करोड ६९ लाख १ हजारको छ ।
यस्तै वित्तीय हस्तान्तरणतर्फ ३ अर्ब ५८ करोड ९७ लाख छ । जुन चालुतर्फ ३३.६८ प्रतिशत, पुजिगततर्फ ५७.४५ प्रतिशत र वित्तीय हस्तान्तरणतर्फ ८.८७ प्रतिशत रहेको छ ।
यस्तै आन्तरिक राजश्वबाट ६ अर्ब ७३ करोड ५१ लाख, संघबाट प्राप्त हुने राजश्व बाँडफाँटबाट ११ अर्ब ३१ करोड ७४ लाख, संघबाट प्राप्त हुने रोयल्टी २९ करोड, स्थानीय तहबाट बाँडफाँट भई प्राप्त हुने राजश्व २ अर्ब ५० करोड ३० लाख रुपैयाँ हुने अनुमान गरिएको छ ।
यसअधि बुधबार दिनभरि प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले प्रदेशसभामा विरोध गरेको थियो । तर मुख्यमन्त्री डिल्लीबहादुर चौधरीको सम्बोधनपछि एमालेले बैठक सञ्चालन हुन दिएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मुस्ताङ भन्सारबाट ६ अर्ब ६६ करोड बढी राजस्व सङ्कलन
-
व्यावसायिक रुद्राक्ष खेतीबाट राम्रो आम्दानी गर्दै मैदानेका किसान
-
दमौली बजारका अवैध संरचना हटाउन आग्रह
-
अर्मेनियाका प्रधानमन्त्रीको दललाई बहुमतको सङ्केत
-
गाडी दुर्घटनामा मुस्ताङ घुमेर फर्कँदै गरेका पाँच जना आन्तरिक पर्यटक घाइते
-
१२ बजे १२ समाचार: सत्ता पक्ष र विपक्षी दलबिच संवादहीनता तोडियो, सुधनको सम्पत्तिमा समितिले देखेन खोट
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण