कोशी प्रदेशको मुख्यमन्त्रीमा थापा आजै नियुक्त हुने
विराटनगर । कोशी प्रदेश सरकारको मुख्यमन्त्रीमा कांग्रेस संसदीय दलका नेता उद्धव थापा आजै नियुक्त हुने भएका छन् । यद्यपि मन्त्रिमण्डल भने भोलि निर्माण हुने भएको छ । माओवादी केन्द्र संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोले आज मुख्यमन्त्रीका लागि दाबी पेश गर्ने र मन्त्रीहरू क–कसलाई पठाउने भन्ने विषयमा भोलि मात्रै छलफल हुने बताए । उनका अनुसार आज ४ :३० बजे दाबी पेश गर्ने तयारी गरिएको छ ।
कोशी प्रदेशको मुख्यमन्त्रीमा कांग्रेस संसदीय दलका नेता उद्धव थापाको दाबी पेश गर्न सत्तारुढ गठबन्धन दलका शीर्ष नेताले प्रदेशका नेताहरूलाई निर्देशन दिएका थिए । उक्त दाबी पेश गर्ने गठबन्धन दलका नेताहरु काठमाडौँबाट विराटनगर आउने क्रम सुरु भएको छ ।
गठबन्धन दलले राप्रपाको समर्थन प्राप्त नभए पनि थापालाई नै मुख्यमन्त्रीको रूपमा अगाडि सार्दै आज बेलुका ५ बजेभित्र प्रदेश प्रमुख परशुराम खापुङकोमा दाबी पेश गर्न लागेको हो । कोशी प्रदेशको गठबन्धनमा कांग्रेस (२९), माओवादी केन्द्र (१३) (सभामुखसहित) एकीकृत समाजवादी ४ र जनता समाजवादी पार्टी १ गरी ४७ सिट छ । शुक्रवार विश्वासको मत नपाएपछि हिक्मतकुमार कार्की नेतृत्वको सरकार ढलेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कर्मचारीको तलब न्यूनतम ४० हजारदेखि १ लाख रुपैयाँभन्दा माथि
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी पाँच प्रदेशमा भारी वर्षाको सम्भावना
-
२१ खर्ब २४ अर्बको बजेट आजदेखि कार्यान्वयनमा, चालु खर्चमै झन्डै ६० प्रतिशत विनियोजन
-
जब रामकोटमा पर्यटकलाई झोर्ले भन्दै स्वागत गरिन्छ...
-
लागत बढेपछि चपेटामा किसान
-
संरक्षणसँगै पर्यटकीय गन्तव्य बन्दै इलामपोखरी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण