गैँडा मारेर खागको चोरी निकासी गर्ने विरुद्ध मुद्दा दायर
नवलपरासी । विद्युतीय करेन्टबाट गैँडा मारेर खाग चोरी निकासी गरेको आरोपमा चितवन राष्ट्रिय निकुञ्ज कार्यालयले पाँच जनाविरुद्ध नवलपुर जिल्ला अदालतमा मुद्दा दायर गरेको छ । कृष्णबहादुर महतोसमेत ५ जनाले संरक्षित वन्यजन्तु गैँडाको अवैधरुपमा विद्युतीय करेन्ट लगाई मारेर सोको खाग अवैधरुपमा ओसार प्रसार तथा खरिद बिक्री वितरण गरेको भन्दै कार्यालयले राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन, २०२९ को दफा २६ को उपदफा (१) बमोजिम सजाय माग दाबी गर्दै मुद्दा दर्ता गरेको हो ।
२०७९ साल माघ ६ गते बिहान नवलपरासीको मध्यविन्दु नगरपालिका वडा नम्बर २ सीतापुरमा १४ वर्षको पोथी र करिब ४ वर्षको भाले गैँडालाई विद्युतीय धरापमा पारेर पोथीको खाग काटिएको अवस्था फेला पारिएको थियो । यस विषयमा निकुञ्ज प्रशासन, नेपाली सेना, नेपाल प्रहरी, केन्द्रीय अनुसन्धान ब्युरोले अनुसन्धान गर्दै गर्दा २०८० जेठ १२ गते रामग्राम नगरपालिका–१८ मा होमबहादुर विकको घरको आँगनमा विकसहित सोही वडाको धरमपुर बस्ने कृष्णबहादुर महतो र शिखाराम थारु गैँडाको खाग खरिद बिक्री कारोबार गर्दै गर्दा पक्राउ परेका थिए ।
उनीहरूलाई पक्राउ गरी अनुसन्धान गर्दा ४३ वर्षीय महतो समेतका व्यक्तिहरूले २०७९ माघ ५ गते राति शिद्धेश्वर मन्दिरबाट करेन्ट जोडेर विद्युतीय धरापमा पारेर दुईवटा गैँडा मारेको खुलेको थियो । उनीहरूले विक र थारुसँग मिलेर बिक्री गर्ने प्रयास गरिरहेका थिए । यस प्रकरणमा दुई जना फरार रहेको कार्यालयले जनाएको छ । यसमा थप कसैको संलग्नता भएको खुल्न आएमा पुनः अनुसन्धान गरी पूरक अभियोग पत्र दायर गर्ने समेत माग दाबी गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इबोला प्रकोपले बढायो विश्वव्यापी चिन्ता
-
अमेरिकाको वासिङ्टन तट नजिक समुद्री विमान दुर्घटना
-
सरकारका प्रवक्ताले भने- आइतबारको बिदा कायम रहन्छ
-
अमेरिकीहरूमा पुँजीवादप्रतिको विश्वास घट्दै
-
ट्राफिकले चिट काट्नै नपरोस्, टिकट लेख्नै नपरोस् : आईजीपी कार्की
-
कुकुरेल्लाको खुला घुम्रिएको कपालको भावुक रहस्यः छोराका लागि खुलै राख्छन् कपाल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण