पोखरा महानगरले माग्यो कक्षा ११ को छात्रवृत्तिका लागि आवेदन
पोखरा । पोखरा महानगरपालिकाले कक्षा ११ मा छात्रवृत्तिमा अध्ययन गर्न चाहने विद्यार्थीको आवेदन माग गरेको छ । महानगरको शिक्षा महाशाखाले असार २८ गतेसम्म आवेदन माग गरेको हो ।
महाशाखाले आर्थिक वर्ष २०८०/८१ को शैक्षिक सत्रमा कक्षा ११ र १२ मा छात्रवृत्ति कोटामा अध्ययन गर्न एसईई उत्तीर्ण ग्रेडसिडतको प्रतिलिपि बुझाउन भनेको छ ।
जनजाति दलित, बेपत्ता परिवार, सहिद, जनआन्दोलन घाइते, मधेस आन्दोलन घाइते परिवारको हकमा भने जिल्ला प्रशासन कार्यालयको सिफारिस पत्रको प्रतिलिपि, बुझाउनुपर्ने छ । महानगरले विपन्नता वा गरिबको हकमा सहकारी तथा गरिबी निवारण मन्त्रालयको गरिबी परिचयपत्र वा प्राप्त अवस्थामा सम्बन्धित स्थानीय तहको विपन्न सिफारिस पत्र बुझाउन आह्वान गरेको हो ।
महानगर भित्रका संस्थागत विद्यालयहरूमा विभिन्न आरक्षित कोटाबाट अध्ययन गर्न चाहने विद्यार्थीहरुले यसका लागि आवेदन दिन सक्नेछन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
म्याक एलिस्टरको गोलमा अर्जेन्टिनाले अग्रता बनायो
-
मधेस प्रदेश सभा बैठक बस्दै , बजेट पारित गराउने अन्तिम प्रयास
-
सेमीफाइनल प्रवेशका लागि अर्जेन्टिना र स्विट्जरल्यान्डबिच प्रतिस्पर्धा सुरु
-
आज कुन राशिका लागि शुभ ? हेर्नुहोस् राशिफल
-
सेमिफाइनल यात्राका लागि साबिक विजेता अर्जेन्टिना र स्विट्जरल्यान्ड भिड्दै
-
देशभर मनसुनी वायुको प्रभाव, यी तीन प्रदेशमा अति भारी वर्षाको सम्भावना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण