पोखरा महानगरले माग्यो कक्षा ११ को छात्रवृत्तिका लागि आवेदन

पोखरा । पोखरा महानगरपालिकाले कक्षा ११ मा छात्रवृत्तिमा अध्ययन गर्न चाहने विद्यार्थीको आवेदन माग गरेको छ । महानगरको शिक्षा महाशाखाले असार २८ गतेसम्म आवेदन माग गरेको हो ।
महाशाखाले आर्थिक वर्ष २०८०/८१ को शैक्षिक सत्रमा कक्षा ११ र १२ मा छात्रवृत्ति कोटामा अध्ययन गर्न एसईई उत्तीर्ण ग्रेडसिडतको प्रतिलिपि बुझाउन भनेको छ ।
जनजाति दलित, बेपत्ता परिवार, सहिद, जनआन्दोलन घाइते, मधेस आन्दोलन घाइते परिवारको हकमा भने जिल्ला प्रशासन कार्यालयको सिफारिस पत्रको प्रतिलिपि, बुझाउनुपर्ने छ । महानगरले विपन्नता वा गरिबको हकमा सहकारी तथा गरिबी निवारण मन्त्रालयको गरिबी परिचयपत्र वा प्राप्त अवस्थामा सम्बन्धित स्थानीय तहको विपन्न सिफारिस पत्र बुझाउन आह्वान गरेको हो ।
महानगर भित्रका संस्थागत विद्यालयहरूमा विभिन्न आरक्षित कोटाबाट अध्ययन गर्न चाहने विद्यार्थीहरुले यसका लागि आवेदन दिन सक्नेछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अमेरिका र क्रोएसिया पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा २ जना पक्राउ
-
अझै भेटिएन बोलेरो गाडी, बोरिङकै कारण जमिन भासिएको भूगर्भ विभागको निष्कर्ष
-
सूर्यविनायकमा मेलम्चीको पानी वितरण
-
१ सय दिनभित्र नतिजा प्रकाशन गर्नुपर्नेमा ४ सय दिनसम्म लगाउँछ त्रिवि
-
नागढुंगामा प्रहरी हवल्दारमाथि कुटपिट गर्ने इन्स्पेक्टर कारबाहीमा
-
१० बजे १० समाचार : थपियो बेरुजु, अर्का पूर्वसैनिकविरुद्ध डिफ्युजन नोटिस