चलचित्र ‘आदिपुरुष’का लेखक शुक्लाले मागे माफी
काठमाडौँ । विवादास्पद हिन्दी चलचित्र ‘आदिपुरुष’का लेखक मनोज मुन्ताशिर शुक्लाले माफी मागेका छन् । चलचित्र हिन्दु धर्मका बारेमा गलत प्रचार गरेको र रामायणका पात्रहरूलाई गलत रूपमा देखाएको भन्दै आलोचना भएपछि शुक्लाले माफी मागेका हुन् ।
शनिबार बिहान ट्विट गर्दै मनोजले भनेका छन्, ‘म बिना शर्त माफी माग्छु । आदिपुरुष फिल्मले जनताको भावनामा चोट पुर्याएको म स्वीकार गर्छु । मेरा सबै दाजुभाइ दिदीबहिनी, ज्येष्ठ नागरिक, आदरणीय ऋषि मुनीहरू तथा श्री रामका भक्तजनहरूमा हात जोडेर नि:शर्त माफी चाहन्छु। भगवान् बजरङ्ग बालीले हामी सबैको कल्याण गरून्, हामीलाई एक र अटुट रहन र हाम्रो पवित्र शाश्वत र महान् देशको सेवा गर्ने शक्ति दिनुहोस्! चलचित्र आदिपुरुषको संवादलाई लिएर विवाद भएपछि मनोज मुन्तासिरले आफ्नो लेखनको बचाउ गर्दै आएका थिए ।
प्रदर्शन लगत्तै चलचित्र विवादमा आएपछि व्यापारमा प्रत्यक्ष असर परेको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इङ्गल्याण्ड र घानाबिचको पहिलो हाफ गोलरहित बराबरी
-
भोटखोलामा पहिराले लघु जलविद्युत् आयोजनामा क्षति
-
हवाई सुरक्षासम्बन्धी क्षेत्रीय संवादको केन्द्र बन्दै काठमाडौँ
-
मन्त्री बादीद्वारा बालमन्दिर ‘अटिजम’ विद्यालय अनुगमन
-
इरानी फुटबल टोलीलाई अमेरिका प्रवेशमा सहजता, इजिप्टसँगको खेलका लागि दुई दिनअघि आउन पाउने
-
सामाजिक विकृतिविरुद्ध नाटक ‘सहीछाप’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण