संसद्
ओली, प्रचण्ड र देउवाबीचको छलफल सकियो, सदन खुल्ने
सोमबार, २५ असार २०८०, १४ : ३६
काठमाडौँ । संसद्को अवरोध खुलाउने विषयमा प्रमुख तीन दलका शीर्ष नेताबीचको छलफल सकिएको छ ।
सिंहदरबारमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष तथा प्रमुख प्रतिपक्षी दलका नेता केपी शर्मा ओलीबीचको बैठक सकिएको हो ।
बैठकमा के सहमति भयो भन्नेबारे नेताहरुले बताइसकेका छैनन् । तर प्रचण्डको सचिवालयले सदनको अवरोध खुल्ने सहमति भएको बताएको छ । यद्यपि एमाले अध्यक्ष केपी शर्मा ओलीलाई छलफलबारे प्रश्न गर्दा भने, ‘पार्लियामेन्टमा थाहा हुन्छ ।’ प्रतिनिधिसभाको बैठक आजै दिउँसो ३ बजे बस्दैछ ।
‘एमालेले उठाएको विषयमा प्रधानमन्त्रीले चित्तबुझ्दो जवाफ दिनुहुन्छ । उहाँहरु (एमाले) ले प्रमलाई बोल्न दिनुहुने भएको छ,’प्रधानमन्त्री प्रचण्डका स्वकीय सचिव रमेश मल्ले भने ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अयोध्या पुगे भारत भ्रमणमा रहेका लामिछाने (तस्बिरहरू)
-
स्टार कलाकारको प्रवेश रङ्गमञ्च विकासका लागि उत्साहजनक सङ्केत
-
‘झन्डै सात हजार कर्मचारीले कार्यालय समय पालना गरेनन्’
-
‘रङ्गमञ्च प्रवेशपछि मभित्रको ‘स्टारडम’ को अहङ्कार मेटियो’
-
कर्णालीका मुख्यमन्त्री भन्छन्—विगतजस्तै बालेन सरकारले पनि बजेटमा कर्णालीलाई उपेक्षा गर्यो
-
होल्डिङ सेन्टरमा रहेका ३६ वर्षीय दर्जीको मृत्यु, कुलमानले भने, ‘राज्यले जिम्मेवारी भुल्यो’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण