सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय
संसद्

ओली, प्रचण्ड र देउवाबीचको छलफल सकियो, सदन खुल्ने

सोमबार, २५ असार २०८०, १४ : ३६
सोमबार, २५ असार २०८०

काठमाडौँ । संसद्को अवरोध खुलाउने विषयमा प्रमुख तीन दलका शीर्ष नेताबीचको छलफल सकिएको छ ।

सिंहदरबारमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष तथा प्रमुख प्रतिपक्षी दलका नेता केपी शर्मा ओलीबीचको बैठक सकिएको हो ।

बैठकमा के सहमति भयो भन्नेबारे नेताहरुले बताइसकेका छैनन् । तर प्रचण्डको सचिवालयले सदनको अवरोध खुल्ने सहमति भएको बताएको छ । यद्यपि एमाले अध्यक्ष केपी शर्मा ओलीलाई छलफलबारे प्रश्न गर्दा भने, ‘पार्लियामेन्टमा थाहा हुन्छ ।’ प्रतिनिधिसभाको बैठक आजै दिउँसो ३ बजे बस्दैछ । 

‘एमालेले उठाएको विषयमा प्रधानमन्त्रीले चित्तबुझ्दो जवाफ दिनुहुन्छ । उहाँहरु (एमाले) ले प्रमलाई बोल्न दिनुहुने भएको छ,’प्रधानमन्त्री प्रचण्डका स्वकीय सचिव रमेश मल्ले भने ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप