मकवानपुरको मनहरीमा मोटरसाइकल दुर्घटना, १ जनाको मृत्यु
हेटौंडा । मकवानपुरको मनहरीमा सवारी दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा रामेछाप ८ घर भई चितवन खैरेनी ८ बस्ने अन्दाजी ५० वर्षीय नरबहादुर थापाको मृत्यु भएको मकवानपुर प्रहरीले जनाएको छ ।
सोमबार दिउँसो १२ ः ५० बजेको समयमा मनहरी ः ६ नयाँ बस्तीस्थित पूर्व पश्चिम सडकखण्डमा मोटरसाइकल दुर्घटना हुँदा घाइते भएका थापाको उपचारका क्रममा चितवनको भरतपुर स्थित पुरानो मेडिकल कलेजमा मृत्यु भएको हो ।
चितवन तर्फबाट हेटौडातर्फ आउँदै गरेको बा.प्र.०३–००३ प ८६५८ नम्बरको मोटरसाइकल आफैं अनियन्त्रित भई मनहरी–६ नयाँ बस्तीस्थित सडक किनारको विद्युतको पोलमा ठोक्किन पुग्दा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता एवम् प्रहरी नायव उपरीक्षक टेकबहादुर कार्कीले जानकारी दिए । दुर्घटनामा गम्भीर घाइते भएका थापालाई उपचारका लागि भरतपुर पठाइएको थियो ।
थापालाई बेहोस अवस्थामै उपचारको लागि भरतपुरस्थित पुरानो मेडिकल कलेज पुर्याइए पनि चिकित्सकले सोमबार साँझ थापालाई मृत घोषणा गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रश्नपत्र चुहावट मुद्दामा फास्ट ट्र्याक अदालत बनाउने मोदीको घोषणा
-
‘बाँदर हेरालु’का लागि दरखास्त आह्वान, मासिक तलब साढे १२ हजार
-
नामिबियासँगको हार भुलाउने दाउमा नेपाल, आज नेदरल्यान्ड्सको कडा चुनौती
-
प्रधानमन्त्री शाहले नेपाल अर्ग्यानिक सङ्घका पदाधिकारीसँग छलफल गर्दै
-
रोड्री भित्र्याउन रियल र एजेन्टबिच गोप्य वार्ता
-
आजदेखि २४औँ सत्याग्रह सुरु गर्दै गोविन्द केसी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण