सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय

पूर्वराजा ज्ञानेन्द्र शाहद्वारा सीता दाहालप्रति श्रद्धाञ्जली

बुधबार, २७ असार २०८०, १३ : ४३
बुधबार, २७ असार २०८०

काठमाडौँ । पूर्वराजा ज्ञानेन्द्र शाहले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डकी दिवंगत पत्नी सीता दाहालप्रति श्रद्धाञ्जली व्यक्त गरेका छन् ।  

पूर्वराजाले सीता दाहालको निधनमा दुःख व्यक्त गर्दै श्रद्धाञ्जली अर्पण गर्न आफ्ना प्रतिनिधि पशुपतिभक्त महर्जनलाई माओवादी केन्द्रको पार्टी कार्यालय पेरिसडाँडामा पठाएका हुन् । 

पेरिसडाँडामा पुगेर महर्जनले पूर्वराजाको तर्फबाट सीता दाहालप्रति श्रद्धाञ्जली अर्पण गर्दै प्रधानमन्त्री प्रचण्डसहित शोकाकुल परिवारमा समवेदना प्रकट गरेको पूर्वराजाका संवाद सचिव फणि पाठकले जानकारी दिए ।

६९ बर्षिया सीता दाहालको बुधबार बिहान राजधानीको नर्भिक अस्पतालमा निधन भएको थियो ।

सीता दाहालको पार्थिव शरीर श्रद्धाञ्जलीका लागि बुधबार दिउँसो पौने २ बजेसम्म पार्टी कार्यालयमा राखिएको थियो । उनको आजै पशुपति आर्यघाटमा अन्तिम संस्कार हुँदैछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप