मङ्गलबार, ०८ जेठ २०८१
ताजा लोकप्रिय

सीता दाहालको निधनमा कलाकर्मीले दिए श्रद्धाञ्जली

बुधबार, २७ असार २०८०, १४ : ०७
बुधबार, २७ असार २०८०

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डकी पत्नी सीता दाहालको निधन प्रति नेपाली कलाकर्मीले पनि शोक व्यक्त गर्दै श्रद्धाञ्जली दिइरहेका छन् । अभिनेत्री रेखा थापा र करिश्मा मानन्धरले पत्नी दाहालको तस्बिर सामाजिक सञ्जालमा सेयर गर्दै श्रद्धाञ्जली दिएका छन् । संगीतकार आलोकश्रीले क्रान्तिकी आमालाइ श्रद्धाञ्जली भन्दै शोक व्यक्त गरेका छन् । उनले लेखेका छन्, ‘हार्दिक श्रद्धाञ्जली क्रान्तिकी आमालाई ।’

त्यस्तै संगीतकार वसन्त सापकोटाले सीता दाहालको निधनमा श्रद्धाञ्जली व्यक्त गर्दै प्रधानमन्त्रीको परिवारप्रति समवेदना व्यक्त गरेका छन् । अभिनेता तथा फिल्म निर्माता रविन्द्रसिंह बानियाँ, सन्दीप क्षेत्री, हिमेश पन्त, अभिनेत्री श्वेता खड्का, चलचित्र विकास बोर्डका सदस्यहरु राजु केसी, प्रवक्ता केएल बुढाथोकी लगायत थुप्रैले पनि श्रद्धाञ्जली दिएका छन् । दाहालको बुधबार बिहान निधन भएको थियो ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप