मङ्गलबार, ०९ असार २०८३
ताजा लोकप्रिय

‘कमेडी क्लब विथ च्याम्पियन्स’का विशाल र विक्कीविरुद्ध ‘मेयर साप’ का निर्देशकको उजुरी

बुधबार, २७ असार २०८०, १६ : ०३
बुधबार, २७ असार २०८०

काठमाडौँ । कमेडी क्लब विथ च्याम्पियनका प्रस्तोता विशाल भण्डारी र कमेडियन विक्की अग्रवालविरुद्ध जिल्ला प्रशासन कार्यालय काठमाडौँमा उजुरी परेको छ । फिल्म निर्देशक राजु गिरीले ‘कमेडी क्लब विथ च्याम्पियन्स’मा मानमर्दन हुने र आफूले बनाउन लागेको फिल्मको विषयमा जथाभाबी कन्टेन्ट बनाएको भन्दै उजुरी दिएका छन् । 

विशाल र विक्की विरुद्ध आफूले बुधबार जिल्ला प्रशासन कार्यालय काठमाडौंमा उजुरी दर्ता गराएको निर्देशक गिरीले बताए ।

‘कमेडी क्लब विथ च्याम्पियन भाग ६९ मा मेरो र मैले बनाउन लागेको फिल्मको ‘मेयर साप’को विषयमा नराम्रो रूपमा सामाग्री बनाइएको छ’, गिरीले भने ‘एउटा फिल्म निर्माणका लागि ठुलो रिसर्च भएको हुन्छ । त्यसलाई जथाभाबी गर्न पाइँदैन ।’

उनले उजुरीमा सुरक्षाको मागसमेत गरेका छन् । जिल्ला प्रशासन कार्यालयले गिरीले दर्ता गरेको उक्त उजुरीलाई जिल्ला प्रहरी परिसर, टेकुमा पठाएको छ ।

360243250_1945688872463441_1107568646374029889_n360158507_952379466052111_5379690831948447957_n

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप