सीता दाहालको निधनप्रति प्रधानमन्त्री प्रचण्डको सचिवालयद्वारा दुःख व्यक्त
बुधबार, २७ असार २०८०, २१ : ०३
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको सचिवालयले सीता दाहालको निधनप्रति दुःख व्यक्त गरेको छ । प्रधानमन्त्रीको स्वकीय सचिवालयले प्रचण्डकी जीवनसंगिनी तथा नेकपा (माओवादी केन्द्र) की सल्लाहकार सीता दाहालप्रति श्रद्धाञ्जली व्यक्त गरेको हो ।
सचिवालयले प्रधानमन्त्रीलगायत शोक सन्तप्त परिवार, आफन्त र शुभेच्छुकमा समवेदना प्रकट गरेको छ । यस्तै समवेदना प्रकट गर्न आउनेका लागि बालुवाटारमा श्रद्धाञ्जली अर्पण गर्ने व्यवस्था मिलाइएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
प्रधानमन्त्रीका प्रमुख स्वकीय सचिव सन्तकुमार दराई ‘परवाना’ का अनुसार असार २९ गतेसम्म बिहान ८ देखि १० बजेसम्म र अपराह्न ४ देखि बेलुका ६ बजेसम्म श्रद्धाञ्जलीका लागि व्यवस्था गरिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सामान किन्दा बिल लिने ग्राहकलाई सरकारी चिठ्ठा : दैनिक १ लाख ३३ हजार र पाक्षिक १० लाखसम्म उपहार जित्ने अवसर (कार्यविधिसहित)
-
वर्षा र पहिरोका कारण मुख्य राजमार्गहरू प्रभावित, कहाँको अवस्था कस्तो छ?
-
अपराधसँग सम्बन्धित ७७ मुद्दा फछ्र्योट
-
कोशीमा सत्ता परिवर्तनको खेल : एमाले र नेकपाका नेता काठमाडौँ केन्द्रित
-
चितवनमा सवारी दुर्घटनामा आयाे कमी
-
स्पेन फेरि फिफा वरीयताको शीर्ष स्थानमा, मोरक्को इतिहासकै उच्च स्थानमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण