शाहरूख खानको जवानले पहिलो दिनमा नै सय करोड कमाउने प्रक्षेपण
मुम्बई । शाहरुख खानको फिल्म ‘जवान’ यति बेला चर्चाको विषय बनेको छ । फिल्म ‘पठान’ पछि यो वर्ष प्रदर्शनमा आउन लागेको शाहरुखको यो दोस्रो फिल्म हो ।
साउथका हिट निर्देशक एट्लीले निर्देशन गरेको फिल्ममा नयनतारा, विजय सेतुपति, प्रियमणी, सान्या मल्होत्रा, योगी बाबु लगायतका कलाकारको अभिनय रहेको छ । चलचित्रको प्रिभ्यु र ट्रेलरले चर्चा पाएको छ । यस्तो अवस्थामा सेप्टेम्बर ७ शाहरुखका लागि निकै विशेष हुने विश्वास गरिएको छ ।
फिल्मले ओपनिङ डेमै बम्पर कमाउन सक्छ । शाहरुखको फरक अवतारलाई फ्यानहरूले रुचाइरहेका छन् । फिल्मको स्टारकास्ट पनि निकै प्रभावशाली छ । यस्तो अवस्थामा शाहरुखको ‘जवान’ उनको फिल्म ‘पठान’ भन्दा एक कदम अगाडि बढ्ने विश्वास गरिएको छ ।
ओपनिङ डे कलेक्सन १०० करोडभन्दा माथि जाने चर्चा छ । योसँगै रिलिजको पहिलो सातामै फिल्मले नयाँ कीर्तिमान बनाउने दाबी पनि भइरहेको छ । यी सबै बीचमा साउथका ठुला कलाकारहरू पनि शाहरुखसँग प्रतिस्पर्धा गर्न लाइनमा छन् ।
महिनाको अन्त्यमा २८ सेप्टेम्बरमा प्रभास आफ्नो फिल्म ‘सालार’ मार्फत दर्शकसामु आउनेछन् । यस अर्थ शाहरुखको फिल्म ‘जवान’ले कमाई गर्न २१ दिन मात्रै पाउनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इङ्गल्याण्ड र घानाबिचको पहिलो हाफ गोलरहित बराबरी
-
भोटखोलामा पहिराले लघु जलविद्युत् आयोजनामा क्षति
-
हवाई सुरक्षासम्बन्धी क्षेत्रीय संवादको केन्द्र बन्दै काठमाडौँ
-
मन्त्री बादीद्वारा बालमन्दिर ‘अटिजम’ विद्यालय अनुगमन
-
इरानी फुटबल टोलीलाई अमेरिका प्रवेशमा सहजता, इजिप्टसँगको खेलका लागि दुई दिनअघि आउन पाउने
-
सामाजिक विकृतिविरुद्ध नाटक ‘सहीछाप’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण