सुनको मूल्य तोलामा ८०० रुपैयाँ बढ्यो
बिहीबार, २८ असार २०८०, १० : ४५
काठमाडौँ । नेपाली बजारमा बिहीबार सुनको मूल्य ताेलामा ८०० रुपैयाँ वृद्धि भएर कारोबार भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार छापावाल सुनको मूल्य तोलामा १ लाख १२ हजार ४०० रुपैयाँमा कारोबार भएको हो ।
बुधबार छापावाल सुन १ लाख ११ हजार ६०० रुपैयाँमा कारोबार भएको थियो । यस्तै तेजावी सुनको मूल्य पनि बढेर तोलामा १ लाख ११ हजार ८५० रुपैयाँमा कारोबार भएको थियो ।
यसैबीच बिहीबार चाँदीको मूल्य पनि बढेको छ। बुधबार तोलामा १ हजार ४०० रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य बिहीबार ४० रुपैयाँ बढेर १ हजार ४४० रुपैयाँमा कारोबार भएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बाल संरक्षण भत्ता हिनामिना गरेको आरोपमा गाविसका तत्कालीन सचिवसहित तीन जनाविरुद्ध मुद्दा दायर
-
इबोला प्रकोपले बढायो विश्वव्यापी चिन्ता
-
अमेरिकाको वासिङ्टन तट नजिक समुद्री विमान दुर्घटना
-
सरकारका प्रवक्ताले भने- आइतबारको बिदा कायम रहन्छ
-
अमेरिकीहरूमा पुँजीवादप्रतिको विश्वास घट्दै
-
ट्राफिकले चिट काट्नै नपरोस्, टिकट लेख्नै नपरोस् : आईजीपी कार्की
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण