शुक्रबार, २८ वैशाख २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

कबड्डी संघको अध्यक्षमा तुलसी थापा

बिहीबार, २८ असार २०८०, ११ : ०४
बिहीबार, २८ असार २०८०

काठमाडौँ । अखिल नेपाल कबड्डी संघको अध्यक्षमा तुलसी थापा निर्वाचित भएकी छन् । संघको बुधबार सम्पन्न अधिवेशनले थापालाई अध्यक्षमा चयन गरेको हो । थापा पूर्वउपप्रधानमन्त्री बामदेव गौतमकी धर्मपत्नी हुन् । अधिवेशनले संघको उपाध्यक्षमा कुमार आले र रतिया राजवंशीलाई निर्वाचित गरेको छ । यसैगरी संघको महासचिवमा अरबिन्दकुमार झा, सचिवमा तर्कराज भट्ट र कोषाध्यक्षमा कृष्णदेव पन्त निर्वाचित भएका छन् । 

सदस्यमा तेजबहादुर विष्ट, निराजन श्रेष्ठ, जनक चौधरी, जयबहादुर बोहरा, विन्दु थापामगर, भगवती अधिकारी, निर्मलाकुमारी विसी, शरद दर्शनधारी, राजकुमार क्षेत्री, उमालाल यादव र धीरेन्द्र राजवंशी निर्वाचित भएका छन् । अधिवेशनमा देशका विभिन्न ४२ जिल्लाका प्रतिनिधि सहभागी रहेका अधिवेशन आयोजक समितिले जनाएको छ । नवनिर्वाचित कार्यसमितिको बुधबार नै बसेको पहिलो बैठकले एक वर्षभित्र कबड्डी लिग सुरू गर्ने निणर्य लिएको छ । 

यसैगरी पहिलो बैठकले अन्तर्राष्ट्रिय कबड्डी प्रतियोगिता आयोजना गर्ने, १९औँ एशियाली खेलकुदमा सहभागी हुने महिला कबड्डी खेलाडीका लागि तत्काल वैदेशिक प्रशिक्षकको व्यवस्था मिलाउने, कबड्डी खेलको तालिम सञ्चालन गर्ने, महिला सशक्तिकरण कार्यक्रमलाई निरन्तरता दिनेजस्ता निणर्यहरु पनि गरेको छ ।
यसैगरी कार्यसमितिको पहिलो बैठकले २०३७ देखि २०८० सालसम्म सम्पन्न अन्तर्राष्ट्रिय कबड्डी प्रतियोगितामा पदक जित्ने नेपाली खेलाडीहरुलाई केही समयभित्रै नगद पुरस्कारसहित सम्मान गर्ने निणर्य पनि गरेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप