जुलाई ३० मा एनआरएनए पोर्चुगलको निर्वाचनः थापासहित को–को छन् नेतृत्वको दौडमा ?
काठमाडौँ । गैरआवासीय नेपाली संघ ( एनआरएनए) पोर्चुगलको निर्वाचन आगामी जुलाई ३० मा हुने तय भएको छ । चुनावको मिति नजिकिँदै जाँदा नेतृत्वका आकाङ्क्षीहरूको दौडधुप सुरु भएको छ ।
अधिवेशनका लागि सदस्यताको अन्तिम स्वीकृति सकिएसँगै नयाँ नेतृत्वको लागि चर्चा सुरु भएको हो । नेतृत्वका लागि वर्तमान महासचिव राजकुमार थापा, उपाध्यक्ष रमेश कुमार खड्का, दीपा काफ्ले लगायत दौडमा रहेका छन् ।
आगामी नेतृत्वको लागि आकाङ्क्षीहरूको खुल्दै जाने क्रममा विगत दुई तीन वर्षको असहज अनुभवले भावी नेतृत्व सर्वसम्मतिले चयन गरेर सामाजिक एकता कायम गर्नुपर्ने आम पोर्चुगलवासी नेपालीहरूमा आवाज रहेको देखिन्छ । समाजलाई अनावश्यक रूपमा विभाजित बनाएर अस्वस्थ प्रतिस्पर्धा गर्न नहुने अधिकांशको धारणा रहेको पाइन्छ ।
दाबेदारमध्येका एक राजकुमार थापाले समाजमा आम सहमति, एकता र सहकार्यको पक्षमा आफू रहेको बताए । वर्तमान महासचिवको हिसाबले आफू अध्यक्षको स्वाभाविक दाबेदार भएको भन्दै थापाले भने, ‘मेरो पहिलो प्राथमिकता समाज र एनआरएनए भित्रको एकता हो । सहमति र एकतामा जो भए पनि मलाई स्वीकार्य छ । निर्वाचन भए म अध्यक्षको सबैभन्दा योग्य र सशक्त उम्मेदवार हुँ ।’
विगत १२ वर्षदेखि गैरआवासीय संघमा आबद्ध रहेर विभिन्न जिम्मेवारी पूरा गरिसकेका थापा पोर्चुगलमा सक्रिय व्यक्तित्व मानिन्छन् ।
महासचिवका रूपमा विगत दुई वर्षमा नेतृत्वदायी भूमिकाकोका साथ गरेका कामहरू, हर समयको सक्रियता र सर्वसाधारणसँगको घुलमिलको हिसाबले पनि समुदायमा उनी सशक्त उम्मेदवारका रूपमा दरिएको बताइएको छ ।
यस्तै अर्का प्रत्याशी खड्काले पोर्चुगलको नेपाली समुदायमा हुने सामाजिक सेवा र मानवीय सेवामा योगदान दिँदै आएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘सिएमसी’मा दुर्लभ मानिने मस्तिष्कको नसाको शल्यक्रिया सम्पन्न
-
प्रतिष्ठान र गुम्बा विकास समिति खारेजीको निर्णयप्रति महासंघको आपत्ति
-
उखु किसानका पीडा: खेती गर्न मलकाे अभाव, उत्पादन बिक्री उधारोमै
-
विश्व द्वन्द्व ८० वर्षयताकै उच्च
-
‘होमस्टे’ले बदलिँदै थारू महिलाको जीवनशैली
-
राजस्व अनुसन्धान विभागको तत्कालीन महानिर्देशक अधिकारीको मुद्दामा तोकियो पेसी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण