सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय

जुलाई ३० मा एनआरएनए पोर्चुगलको निर्वाचनः थापासहित को–को छन् नेतृत्वको दौडमा ?

बिहीबार, २८ असार २०८०, ११ : ००
बिहीबार, २८ असार २०८०

काठमाडौँ । गैरआवासीय नेपाली संघ ( एनआरएनए) पोर्चुगलको निर्वाचन आगामी जुलाई ३० मा हुने तय भएको छ । चुनावको मिति नजिकिँदै जाँदा नेतृत्वका आकाङ्क्षीहरूको दौडधुप सुरु भएको छ । 

अधिवेशनका लागि सदस्यताको अन्तिम स्वीकृति सकिएसँगै नयाँ नेतृत्वको लागि चर्चा सुरु भएको हो । नेतृत्वका लागि वर्तमान महासचिव राजकुमार थापा, उपाध्यक्ष रमेश कुमार खड्का, दीपा काफ्ले लगायत दौडमा रहेका छन् । 

आगामी नेतृत्वको लागि आकाङ्क्षीहरूको खुल्दै जाने क्रममा विगत दुई तीन वर्षको असहज अनुभवले भावी नेतृत्व सर्वसम्मतिले चयन गरेर सामाजिक एकता कायम गर्नुपर्ने आम पोर्चुगलवासी नेपालीहरूमा आवाज रहेको देखिन्छ । समाजलाई अनावश्यक रूपमा विभाजित बनाएर अस्वस्थ प्रतिस्पर्धा गर्न नहुने अधिकांशको धारणा रहेको पाइन्छ । 

दाबेदारमध्येका एक राजकुमार थापाले समाजमा आम सहमति, एकता र सहकार्यको पक्षमा आफू रहेको बताए । वर्तमान महासचिवको हिसाबले आफू अध्यक्षको स्वाभाविक दाबेदार भएको भन्दै थापाले  भने, ‘मेरो पहिलो प्राथमिकता समाज र एनआरएनए भित्रको एकता हो ।  सहमति र एकतामा जो भए पनि मलाई स्वीकार्य छ ।  निर्वाचन भए म अध्यक्षको सबैभन्दा योग्य र सशक्त उम्मेदवार हुँ ।’

 विगत १२ वर्षदेखि गैरआवासीय संघमा आबद्ध रहेर विभिन्न जिम्मेवारी पूरा गरिसकेका थापा पोर्चुगलमा सक्रिय व्यक्तित्व मानिन्छन् । 

महासचिवका रूपमा विगत दुई वर्षमा नेतृत्वदायी भूमिकाकोका साथ गरेका कामहरू, हर समयको सक्रियता र सर्वसाधारणसँगको घुलमिलको हिसाबले पनि समुदायमा उनी सशक्त उम्मेदवारका रूपमा दरिएको बताइएको छ । 

यस्तै अर्का प्रत्याशी खड्काले पोर्चुगलको नेपाली समुदायमा हुने  सामाजिक सेवा र मानवीय सेवामा योगदान दिँदै आएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप