काजमा बस्ने डाक्टरहरूलाई दरबन्दी अनुसार व्यवस्थापन गर्न खोज्दा धम्की आयो : स्वास्थ्य मन्त्री बस्नेत

काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले दरबन्दी अनुसार डाक्टरहरू व्यवस्थापन गर्दा सचिवालयमा धेरै धम्की आउन थालेको बताएका छन् । आज राष्ट्रिय सभामा आगामी आर्थिक वर्षको विनियोजित बजेट माथि सांसदहरूले उठाएका प्रश्नको जवाफ दिने क्रममा उनले आफूलाई अहिलेसम्म धम्की आउन नसके पनि सचिवालयमा भने दैनिक धेरै धम्की आउने गरेको बताए ।
उनले दरबन्दी अनुसारको डाक्टरहरू व्यवस्थापन गर्ने काम पार लगाएरै छोड्ने बताए । स्वास्थ्य मन्त्री बस्नेतले संविधानलाई कार्यान्वयन गरी आधारभूत स्वास्थ्य सेवा ग्रामीण स्तरसम्म स्वास्थ्यकर्मीहरूको पहुँच नभएको स्थानमा पुर्याएर नै छोड्ने बताए । उनले ८ सय डाक्टरहरू मन्त्रीहरूको पालामा कागमा स्वास्थ्य मन्त्रालय बसेको भन्दै त्यसमा दरबन्दी अनुसारको क्षेत्रमा पठाउने काम गर्ने बताए ।
उनले ८ सय डाक्टरको दरबन्दी अनुसारको क्षेत्रमा पठाउन नसके स्वास्थ्य मन्त्रालय सुधार हुने अवस्था नभएको बताए । कर्मचारी व्यवस्थापनमा अलिअलि मिलाएको भरमा मिल्ने अवस्था नभएको भन्दै यसलाई अप्रेसन नै गर्नुपर्ने उनले बताए ।
मन्त्री बस्नेतले सबै डाक्टरहरूलाई राजधानी मात्रै चाहिएको अवस्था रहेको बताए । उनले दरबन्दी अनुसार व्यवस्थापन गर्न खोज्दा आत्महत्या गर्नेसम्म विषयहरू आएको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
केयु र एनपीआइबिच समझदारीपत्रमा हस्ताक्षर
-
स्रोत नखुलेको १४ लाखसहित दुई जना पक्राउ
-
भारतीय आक्रमणपछि पाकिस्तानी प्रधानमन्त्रीले राष्ट्रलाई सम्बोधन गर्ने
-
मुख्यमन्त्री आचार्य र स्विस राजदूतबिच शिष्टाचार भेटवार्ता
-
दुई लाख घुस सहित कम्युटर अपरेटर राम लखन अख्तियारको नियन्त्रणमा
-
१० बजे, १० समाचार : छिमेकमै युद्धको खतरादेखि कामदार पठाउन सिन्डिकेटको प्रयाससम्म