मङ्गलबार, ०५ साउन २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

सीता दाहालको निधनप्रति चिनियाँ कम्युनिस्ट पार्टीद्वारा दुःख व्यक्त

बिहीबार, २८ असार २०८०, १३ : ०५
बिहीबार, २८ असार २०८०

काठमाडौँ । चिनियाँ कम्युनिष्ट पार्टीले नेकपा माओवादी केन्द्रकी केन्द्रीय सल्लाहकार सीता दाहालको निधनप्रति दुःख व्यक्त गरेको छ ।  चिनियाँ कम्युनिष्ट पार्टीका अन्तर्राष्ट्रिय विभाग प्रमुख लिउ जियानचाओले शोक व्यक्त जारी गर्दै नेपालका प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डकी पत्नी सीता दाहालको निधनप्रति गहिरो दुःख व्यक्त गरेका हुन् । साथै सो जियानचाओले शोकसन्तप्त परिवारलाई समवेदना प्रकट गरेका छन् । 

साथै चिनियाँ कम्युनिष्ट पार्टीले यस शोकको घडीमा नेपालको राष्ट्रिय विकासको नेतृत्व गर्न प्रधानमन्त्री प्रचण्डको दृढशक्तिको कामनासमेत गरेको छ । सीता दाहालको बुधबार निधन भएको थियो । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप