कर्णाली तिमी
रारा तालको कलकल पानीसँगै कर्णाली तिमी
हराभरा भई हाँसिरहेछौ
फोक्सुन्डो, कुपिन्डे दह अनि रारा तालको साथमा तिमी
पवित्र भई बाँचिरहेछौ ।
नाम मात्रै होइन कर्णाली तिमी,
तिम्रो प्राकृतिक छवि पनि विचित्रको छ
काँक्रेबिहार, खैराबाङ, तिरपुराकोट तिम्रै गर्भभित्र
तिम्रो नाम नै पवित्र छ ।
चंखेली र कान्जिरोवा हिमाल मात्रै होइन कर्णाली तिमी
देउती बज्यै र पञ्चकोशी धाम पनि तिम्रै साथमा छ
जुम्लाको मार्सी चामल, स्याउ अनि सल्यानको खुकुरी
इज्जत प्रतिष्ठा तिम्रै हातमा छ ।
हिमाल हिउँले ढाकिएका छन्
लालीगुराँस पनि फुलिरहेछ
मैले कर्णाली चिन्ने र घुम्ने अवसर पाएँ
यो मन आज खुसीले हाँसिरहेछ ।
डाँडाकाडा हराभरा बनाइदिन्छौ तिमी
पाँचाऔँले, घुची च्याउ अनि तरकारी फलाइदिन्छौ
राराको चिसो चिसो पानीले आज
सबको मनलाई भुलाइदिन्छौ ।
म पनि नेपाली भएर होला सायद,
अब त कर्णाली नाम सुन्दा पनि गर्व लाग्छ
देख्छु सुन्दरताले भरिएका पाखा पर्वत,
आफैलाई प्रकृतिको धनी भन्न मन लाग्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अमेरिकाको वासिङ्टन तट नजिक समुद्री विमान दुर्घटना
-
सरकारका प्रवक्ताले भने- आइतबारको बिदा कायम रहन्छ
-
अमेरिकीहरूमा पुँजीवादप्रतिको विश्वास घट्दै
-
ट्राफिकले चिट काट्नै नपरोस्, टिकट लेख्नै नपरोस् : आईजीपी कार्की
-
कुकुरेल्लाको खुला घुम्रिएको कपालको भावुक रहस्यः छोराका लागि खुलै राख्छन् कपाल
-
सीजेपी र भारत सरकारबिच आज वार्ता हुँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण