राष्ट्रिय स्वतन्त्र पार्टीमा रुपन्देहीमा चरम विवाद, दुवै पक्ष प्रहरीमा
बुटवल । आगामी मङ्सिरमा महाधिवेशन मिति तय भएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) रुपन्देहीमा आन्तरिक विवाद चुलिँदै गएको छ । दुई समूहको विवाद गर्दा एक समूहले अर्को समूहलाई कुटपिट गरेको भन्दै प्रहरी कार्यालयमा उजुरी दिने चरणसम्म पुगेका छन् ।
महाधिवेशन मिति नजिकिएसँगै अन्य जिल्लामा महाधिवेशनका लागि जिल्ला, क्षेत्र तथा गाउँ तहसम्म पार्टीको सङ्गठन विस्तार कार्यक्रम चले पनि रुपन्देहीमा नेतृत्व हत्याउने दाउपेचकै कारण एक समूहले अर्को समूहका कार्यकर्ताको सदस्यता खारेजी गर्ने र कुटपिट गर्ने तहसम्म पुगेको देखिन्छ । बुधवार राति दुई पक्षबीच कुटपिट ने भएको घटना बाहिरिएको छ ।
इलाका प्रहरी कार्यालय बुटवलमा शङ्कर भण्डारीले रास्वपा सैन मैनाका र्यापिड एक्सन टिमका संयोजकसमेत रहेका दामोदर खत्रीले कुटपिट गरेको आरोप लगाउँदै प्रहरी कार्यालयमा निवेदन दिएका थिए । उता खत्रीले आफूमाथि प्रदेश उप सभापति सालिकराम घिमिरेसहितको समूहले कुटपिट गरेको आरोप लगाउँदै पत्रकार सम्मेलन गरेर आएका छन् ।
इलाका प्रहरी कार्यालयका डीएपी दानबहादुर थापाले कुटपिट भयो भन्दै एक समूह आएकोले आफूले दुवै पक्षलाई बोलाएको रातोपाटीलाई बताए ।
उनले भने – 'पार्टीको आन्तरिक विवादमा कुटपिट हुँदा चोटपटक या डाक्टरले घाइते भएको रिपोट दिएको अवस्था छैन । त्यस कारण दुवै पक्षलाई एक पटक छलफलमा लागि बोलाइएको छ ।'
यता इलाका प्रहरी कार्यालयमा कुटपिट गरेको नाम पोलिएको रास्वपा सैनामैनाका र्यापिड एक्सन टिमका संयोजक समेत रहेका दामोदर खत्रीले आफूलाई बुधवार पार्टी कार्यालयमा बोलाएर उपसभापति सालिकराम घिमिरे, जिल्ला संयोजक प्रकाश ज्ञवाली र क्षेत्र नं. २ का क्षेत्रीय सदस्य विक्रम तिवारीको समूहले कुटपिट गरेको पत्रकार सम्मेलन गरेर जिकिर गरेका छन् ।
पार्टीलाई विधान अनुरूप सञ्चालन गर्नुपर्ने र पार्टीभित्र देखिएका विसङ्गतिहरू हटाउनुपर्ने आवाज उठाउँदै गर्दा आफ्नो आवाज दबाउन खोजिएको र हातपातसमेत गरेको उनको दाबी छ ।
पार्टीका लुम्बिनी प्रदेश उपसभापति सालिकराम घिमिरेले सामान्य धकेलाधकेल भएको दाबी गर्दै अहिले दुवै पक्ष मिल्ने पक्षमा रहेको बताए ।
उनले भने पार्टीको सामान्य विवाद हो त्यसलाई हामी मिलाउने प्रयास छौ । सानो घटना पनि मिडियाले अनावश्यक उचालेको रातोपाटीलाई प्रतिक्रिया दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मधेस प्रदेश सरकारको जनलोकपाल आयोगद्वारा १५ मुद्दा फैसला
-
समस्याग्रस्त सहकारीका ४८ बचतकर्ताले पाए १२ लाख बचत फिर्ता
-
मोरङ बालिका मृत्यु प्रकरण : निष्पक्ष अनुसन्धान र कारबाही गर्न मन्त्री बादीको निर्देशन
-
वैदेशिक रोजगारीको लोभ देखाएर २१ लाख ठगी
-
‘मुम्बईका ब्याङ्क्सी’ टायलर : जसको सडक कला निट आन्दोलनको प्रतीक बन्यो
-
एसिया र युरोप घुमाउने लोभ देखाएर लाखौँ ठगी : भारतीय नागरिकसहित दुई जना पोखराबाट पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण