शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

कांग्रेसका पदाधिकारी र पूर्वपदाधिकारीको बैठक बस्दै

सोमबार, ०१ साउन २०८०, ०६ : ४५
सोमबार, ०१ साउन २०८०

काठमाडौं । नेपाली कांग्रेसका पदाधिकारी र पूर्व पदाधिकारीको बैठक बस्दै छ । कांग्रेस सभापति शेरबहादुर देउवाको निवासमा पार्टीको केन्द्रीय समितिको बैठकमा पेश गर्ने एजेण्डाबारे छलफल गर्न सोमबार दिउँसो २ बजे बैठक बस्द लागेको हो ।

साउन २ गते मंगलबार बस्ने केन्द्रीय कार्यासमिति बैठकको एजेण्डा तय गर्न सभापति देउवाले सोमबार पदाधिकारीसित शीर्ष नेतासँग छलफल गरे लागेको महामन्त्री गगन थापाले बताए ।

गत २७ असारमा बस्ने भनिएको कांग्रेस केन्द्रीय समितिको बैठक साउन २ सम्मका लागि स्थगित भएको छ । शीर्ष नेताको बैठकबाट केन्द्रीय समितिको बैठकका एजेण्डा तय गरेर केन्द्रीय समिति बैठकमा पेस गर्ने कांग्रेसको तयारी छ । 

महामन्त्रीद्वयले कार्यसम्पादन समितिबाट भएका निर्णयको अनुमोदन, पार्टी सदस्यता, अनुशासन सम्बन्धि विषय, नीति महाधिवेशनको तिथि मिति, समसमामयिक राजनीति लगायतका एजेण्डा बनाएका छन् ।

महामन्त्री थापाले भने, ‘हामीले केही एजेण्डा केन्द्रीय कार्यालयकातर्फबाट तय गरेका छौं । बाँकी विषयमा पदाधिकारी र पूर्वपदाधिकारी बसेर परामर्श हुन्छ । त्यसबाट पनि केही एजेण्डा थपिन्छन् होला ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप