कांग्रेसका पदाधिकारी र पूर्वपदाधिकारीको बैठक बस्दै
काठमाडौं । नेपाली कांग्रेसका पदाधिकारी र पूर्व पदाधिकारीको बैठक बस्दै छ । कांग्रेस सभापति शेरबहादुर देउवाको निवासमा पार्टीको केन्द्रीय समितिको बैठकमा पेश गर्ने एजेण्डाबारे छलफल गर्न सोमबार दिउँसो २ बजे बैठक बस्द लागेको हो ।
साउन २ गते मंगलबार बस्ने केन्द्रीय कार्यासमिति बैठकको एजेण्डा तय गर्न सभापति देउवाले सोमबार पदाधिकारीसित शीर्ष नेतासँग छलफल गरे लागेको महामन्त्री गगन थापाले बताए ।
गत २७ असारमा बस्ने भनिएको कांग्रेस केन्द्रीय समितिको बैठक साउन २ सम्मका लागि स्थगित भएको छ । शीर्ष नेताको बैठकबाट केन्द्रीय समितिको बैठकका एजेण्डा तय गरेर केन्द्रीय समिति बैठकमा पेस गर्ने कांग्रेसको तयारी छ ।
महामन्त्रीद्वयले कार्यसम्पादन समितिबाट भएका निर्णयको अनुमोदन, पार्टी सदस्यता, अनुशासन सम्बन्धि विषय, नीति महाधिवेशनको तिथि मिति, समसमामयिक राजनीति लगायतका एजेण्डा बनाएका छन् ।
महामन्त्री थापाले भने, ‘हामीले केही एजेण्डा केन्द्रीय कार्यालयकातर्फबाट तय गरेका छौं । बाँकी विषयमा पदाधिकारी र पूर्वपदाधिकारी बसेर परामर्श हुन्छ । त्यसबाट पनि केही एजेण्डा थपिन्छन् होला ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रास्वपा बागमती अधिवेशन आजबाट, सभापति लामिछाने सहभागी नहुने
-
तीन सांसदको गठबन्धनलाई तोड्दै पर्सामा रास्वपा संस्थापन पक्षका सांसद पन्तको प्यानल विजयी
-
रास्वपा नवलपुरको सभापतिमा भण्डारी
-
बागमती प्रदेशमा ७०१ दरबन्दी कटौती गर्ने तयारी
-
‘आइपीएम’ पद्धतितर्फ आकर्षित गर्न किसानलाई सोह्र हप्ते तालिम
-
‘बजेटको दिशा सही छ, तर गन्तव्यमा पुग्ने आधार अझै प्रस्ट छैन’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण