आइतबार, १६ वैशाख २०८१
ताजा लोकप्रिय

मकवानपुर र बारामा सवारी दुर्घटना, २ जनाको मृत्यु

सोमबार, ०१ साउन २०८०, २१ : ४३
सोमबार, ०१ साउन २०८०

हेटौंडा । मकवानपुरको हेटौंडामा सवारी दुर्घटनामा परि एक जनाको मृत्यु भएको छ । हेटौंडा उपमहानगरपालिका वडा नम्बर १० स्थित सडक किनारमा पैदल हिडिरहेका एक व्यक्तिलाई ट्रकले ठक्कर दिँदा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

दुर्घटनामा मृत्यु हुनेमा हेटौडा–१० बस्ने वर्ष ६३ को लालबहादुर घिसिङ रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायव उपरीक्षक टेकबहादुर कार्कीले जानकारी दिए । दुर्घटनामा घाइते भएका घिसिङको उपचारको क्रममा हेटौंडा अस्पतालमा मृत्यु भएको हो । 

सोमबार साँझ ७ः ५० बजेको समयमा हेटौडा–१० जिल्ला प्रहरी कार्यालय मकवानपुरको मोडमा  हेटौंडा शिवम् सिमेन्टबाट थानाभर्याङतर्फ जाँदै गरेको ना ६ ख ८८९० नंम्बरको ट्रकले बाटो क्रस गर्दै गरेको पैदल यात्री ठक्कर दिँदा घिसिङ घाइते भएका थिए ।

ट्रकको ठक्करबाट घिसिङको दुबै खुट्टा र टाउकोमा चोट लागेको र हेटौडा अस्पतालमा उपचारको क्रममा ८ बजे मृत्यु भएको प्रवक्ता कार्कीले बताए । प्रवक्ता कार्कीका अनुसार ट्रक र चालक प्रहरीको नियन्त्रणमा रहेको र शवलाई हेटौंडा अस्पतालको शवगृहमा राखिएको छ । 

त्यस्तै बाराको जितपुर सिमरा उपमहानगरपालिका २३ स्थित चुरियामाई मन्दिर नजिक पूर्व पश्चिम राजमार्ग सडक खण्डमा मोटरसाइकल अनियन्त्रित भइ पल्टिँदा एक जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

मोटरसाइकल दुर्घटनामा मृत्यु हुनेमा हेटौडा–१५ बस्ने ३५ वर्षीय शंकर तामाङ रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता टेकबहादुर कार्कीले जानकारी दिए । तामाङको उपचारका क्रममा हेटौंडा सहकारी अस्पतालमा मृत्यु भएको प्रवक्ता कार्कीले बताए ।

सोमबार साँझ ४: १० बजेको समयमा चुरियामाई नजिकै पूर्व पश्चिम राजमार्ग सडक खण्डमा हेटौडाबाट वीरगञ्जतर्फ आउँदै गरेको प्र.२–०३–०१२ प ८८५० नम्बरको मोटरसाइकल आफैं अनियन्त्रित भई सडकको बाँया साईडबाट ३० फिट तल खसेको थियो ।

दुर्घटनामा परि मोटरसाइकल चालक तामाङको शरिरका विभिन्न भागमा चोट लागी घाइते भइ उपचारका लागि हेटौंडा सरकारी अस्पताल लगिएको कार्कीले बताए । उनको उपचारको क्रममा ४ः५६ बजे मृत्यु भएको उनले बताए ।   घटनाबारे थप अनुसन्धान भइरहेको र शवलाई हेटौंडा अस्पतालमा राखिएको कार्कीले बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप