आइतबार, २३ वैशाख २०८१
ताजा लोकप्रिय

भीम रावल पुनः एमालेमा सक्रिय, अछाममा गरे कार्यकर्ता भेला

मङ्गलबार, ०२ साउन २०८०, १० : ३७
मङ्गलबार, ०२ साउन २०८०

काठमाडौँ। नेकपा एमालेका नेता भीम रावल पुनः पार्टीमा सक्रिय भएका छन् ।

गृह जिल्ला अछाम पुगेका पूर्व उपाध्यक्ष रावल पुनः पार्टीमा सक्रिय भएका हुन् । अछाम, साँफेबगरमा एमालेका नेता र कार्यकर्ताहरूसँग उनले पार्टीका गतिविधि र काम कारबाहीका बारेमा छलफल गरेका छन् । उनले त्यसको भिडियो पनि सामाजिक सञ्जालमा राखेका छन् । 

चितवन महाधिवेशनमा अध्यक्ष केपी ओलीसँग प्रतिस्पर्धामा उत्रिएका रावल पछिल्लो समयमा पार्टी गतिविधिबाट टाढा रहँदै आएका थिए  । केन्द्रीय सदस्य पदसमेत अस्वीकार गरेका रावलले पार्टीको पद तथा गोपनीयताको शपथसमेत लिएका थिएनन् । उनलाई पार्टीमा सक्रिय बनाउनका लागि वार्ता टोली गठनसमेत गरिएको थियो । 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप