एकीकृत समाजवादीको बैठक बिहीबारसम्म लम्बियो
मङ्गलबार, ०२ साउन २०८०, २१ : ०५
काठमाडौँ । नेकपा एकीकृत समाजवादीको सचिवालय बैठक बिहीबारसम्म लम्बिएको छ । पुष्पलाल स्मृति प्रतिष्ठानमा शुक्रबारदेखि सुरु भएको बैठक आज मंगलबार सकिने भनिए पनि बिहीबारसम्म लम्बिएको हो ।
जारी बैठकमा नेताहरूले आफ्नो धारणा राखिसकेका छन् । नेताहरूले समसामयिक घटनाक्रम, सङ्गठन सुदृढीकरण अभियानको समीक्षा, वैचारिक नीतिमा केन्द्रित रहेर आफ्नो धारणा राखेका हुन् ।
मंगलबारको बैठकमा पूर्वप्रधानमन्त्री तथा पार्टीका सम्मानित नेता झलनाथ खनालले आफ्नो धारणा राखेका छन् । करिब ५ घण्टा आफ्नो विचार राखेका खनालले विगत २२ महिनाको समीक्षा गरेको बैठकमा सहभागी एक नेताले बताए ।
ती नेताका अनुसार खनालले देशको वर्तमानस्थित लगायतका विषयमा धारणा राखेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
डा. गोविन्द केसीलाई अनसन स्थगित गर्न सुदूरपश्चिमेलीको आग्रह
-
रास्वपा सभापति रवि चीन भ्रमणमा जाँदै
-
देशका विभिन्न ६ वटा सडकखण्ड पूर्ण रूपमा अवरुद्ध, ११ आंशिक सञ्चालनमा
-
बीमा र धितोपत्र सम्बन्धी कसूरमा फरार मृगेन्द्रनाथ रिमाल पक्राउ
-
त्रिविसहित अन्य विश्वविद्यालयमा प्रोफेसर एक्सचेन्ज प्रोग्राम ल्याउन पहल थालेको छु : शिक्षामन्त्री
-
चोभारमा पौडी खेल्न बागमतीमा हामफालेका युवक बेपत्ता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण