शुक्रबार, ०४ जेठ २०८१
ताजा लोकप्रिय
मन्त्रिपरिषद बैठक

प्रधानमन्त्री प्रचण्ड साउन ७ गतेदेखि इटाली भ्रमणमा जाने

बुधबार, ०३ साउन २०८०, ११ : १५
बुधबार, ०३ साउन २०८०

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले साउन ७ गतदेखि इटाली भ्रमणमा जाने भएका छन् ।  बुधबार बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले ७ साउनदेखि हुने प्रधानमन्त्री प्रचण्डको इटालीको भ्रमण स्वीकृत गरेको हो । प्रधानमन्त्री दाहाल साउन ७ गतदेखि इटाली भ्रमण जाने निर्णय भएको सरकारकी प्रवक्ता तथा सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिइन् । 

जुलाइ २४, २५ र २६ मा इटालीमा हुने समिटमा सहभागी हुन प्रधानमन्त्री प्रचण्डको भ्रमण टोलीमा कृषि तथा पशुपंक्षी विकासमन्त्री बेदुराम भुसाल पनि सहभागी हुने मन्त्री शर्माले जानकारी दिइन् । 

प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार हरिबोल गजुरेलले पनि प्रधानमन्त्रीले साउन ७ गतेदेखि इटालीको भ्रमण गर्ने जानकारी दिए ।    संयुक्त राष्ट्रंघको खानी तथा कृषि संगठनको मुख्यालय इटालीमा आयोजना हुने युनाइटेड नेसन्स फुड सिस्टम समिट २०२३ मा सहभागी हुन प्रधानमन्त्री त्यसतर्फ जाने भएका हुन् ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप