सर्वोच्चमा बुधबार एक इजलास मात्रै, बन्दी प्रत्यक्षीकरण बाहेक अन्य निवेदन र मुद्दाको सुनुवाइ भएन
काठमाडौँ । साउन ३ गते बुधबार सर्वोच्च अदालतको पेशी सूचीमा एक मात्रै इजलास गठन भएको छ । बुधबार न्यायाधीशद्वय प्रकाशकुमार ढुङ्गाना र नहकुल सुवेदीको एक मात्रै इजलास गठन भएको हो ।
साउन महिना लागेपछि अघिल्लो आर्थिक वर्षबाट मुद्दाको लगत सार्नुपर्ने लगायतका कामका कारण जिल्ला, उच्च र सर्वोच्च अदालतमा १५ गतेसम्म अन्य मुद्दामा सुनुवाइ हुँदैन । निरूपण गर्नुपर्ने मुद्दाहरूमा सुनुवाइ नहुने भए पनि निवेदन लगायतका अन्य मुद्दा वा रिटमाथि भने सुनुवाइ हुने गर्छ ।
तर बुधबारका लागि सर्वोच्च अदालतले तोकेको पेशी सूचीमा भने ८ नम्बर इजलास मात्रै तोकिएको छ । गत आइतबारदेखि नै हेर्दाहेर्दैमा राखिएको ललिता निवास प्रकरणमा थुनामा रहेका व्यक्तिहरूको बन्दी प्रत्यक्षीकरणको रिट मात्रै सुनुवाइका लागि पेशीमा राखिएको छ ।
सञ्चारसचिव कृष्ण बहादुर राउत, पूर्व निर्वाचन आयुक्त सुधीरकुमार शाह, भाटभटेनी सुपरमार्केटका सञ्चालक मीन बहादुर रायमाझी, मालपोत कार्यालयका पूर्व कर्मचारी धर्म प्रसाद गौतम लगायतले आफूहरूलाई गैर कानुनी थुनामा राखिएको भन्दै सर्वोच्चमा बन्दी प्रत्यक्षीकरणको रिट दायर गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अमेरिकाको वासिङ्टन तट नजिक समुद्री विमान दुर्घटना
-
सरकारका प्रवक्ताले भने- आइतबारको बिदा कायम रहन्छ
-
अमेरिकीहरूमा पुँजीवादप्रतिको विश्वास घट्दै
-
ट्राफिकले चिट काट्नै नपरोस्, टिकट लेख्नै नपरोस् : आईजीपी कार्की
-
कुकुरेल्लाको खुला घुम्रिएको कपालको भावुक रहस्यः छोराका लागि खुलै राख्छन् कपाल
-
सीजेपी र भारत सरकारबिच आज वार्ता हुँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण