विकेटकिपर अर्जुनद्वारा स्टम्पिङ आउट भए फाहद नवाज
काठमाडौँ । एसीसी इमर्जिङ टिम्स एसिया कपको बुधबार खेलिएको समूहगत चरणको आफ्नो अन्तिम खेलमा नेपालले संयुक्त अरब इमिरेट्स (यूएई) को पाँचौं विकेट लिएको छ ।
यूएईका ब्याट्सम्यान फाहद नवाज चार रनको ब्यक्तिगत स्कोरमा कुशल भुर्तेलको बलमा विकेटकिपर अर्जुन साउदद्वारा स्टम्पिङ आउट भएका हुन् । फाहद नवाज आउट हुँदा यूएईले २७.५ ओभरमा एक सय १६ रन बनाएको छ ।
यूएईले टस जिती पहिले ब्याटिङ गर्ने निणर्य लिएको हो । नेपाल र यूएई दुबै टोली उपाधि होडबाट भने बाहिरिइसकेको छ । समूह ‘बी’ बाट भारत र पाकिस्तान नकआउट चरणमा पुगिसकेका छन् ।
बुधबार दिउँसो हुने समूहगच रणको अन्तिम खेलमा भारतले चिरप्रतिद्वन्द्वी पाकिस्तानको सामना गर्दैछ । दुबै टोली समूह विजेता बनेर सेमिफाइनलमा पुग्ने योजनामा छन् ।
समूह ‘ए’ बाट भने दुई टेस्ट राष्ट्र श्रीलंका र बंगलादेश नकआउट चरणमा पुगिसकेका छन् । चार—चार अंक जोडेको श्रीलंका पहिलो र बंगलादेश दोस्रो हुँदै सेमिफाइनलमा पुगेका हुन् । चार अंक नै जोडे पनि श्रीलंका र बंगलादेशसँग नेट रन रेटमा पछाडि परेको अफगानिस्तान समूहगत चरणबाटै बाहिरिएको थियो । चौथो स्थानमा रहेको ओमानले भने एक खेल पनि जित्न सकेन ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इलाम नगरलाई ‘विपद् संकटग्रस्त क्षेत्र’ घोषणा गर्न सरकारसमक्ष सिफारिस
-
शैक्षिक परामर्श व्यावसायी र शिक्षा मन्त्रीबिच छलफल सकियो
-
गोपालमान श्रेष्ठलाई वरिष्ठ नेता बनाएको घोषणा
-
कांग्रेसले घोषणा गर्यो ‘एनसी फर एनसी’ अभियान
-
प्रधानमन्त्रीलाई कालो चस्मा र वस्त्र लगाउन छुट छ, काला कर्तुत गर्न छुट छैन : गगन थापा
-
नेपाललाई ‘ग्रे लिस्ट’ बाट बाहिर निकाल्न सरकार प्रयासरत छ : अर्थमन्त्री
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण