रन्जु दर्शनाले भनिन्–कक्षा ११ र १२ मा सामाजिक अध्यापन गर्न उत्सुक छु
बुधबार, ०३ साउन २०८०, २० : १९
काठमाडौँ । विवेकशील साझा पार्टीकी महासचिवमा रन्जु दर्शनाले आफू कक्षा ११ र १२ मा सामाजिक अध्ययन अध्यापन गराउन उत्सुक रहेको बताएकी छन् । उनले बुधबार सामाजिक सञ्जालमा लेख्दै कुनै विद्यालयमा अवसर भएमा आफू सामाजिक अध्ययन अध्यापन गर्न तयार रहेको बताएकी हुन् ।
उनले लेखेकी छन्, 'म कक्षा ११ र १२ को विद्यार्थीहरुलाई सामाजिक शिक्षा पढाउन निकै नै उत्सुक छु। यदि तपाईँको संस्थामा त्यस्तो ठाउँ या अवसर छ भने भेटेर छलफल गरौँ । म सामाजिक विज्ञान सम्बन्धित विषयहरूमा अतिथि व्याख्यानको लागि पनि उपलब्ध छु ।'
महासचिवमा दर्शनाले आफ्नो उत्साहको बाटोमा हिँड्ने निर्णय गरेको बताएकी छन् । विद्यार्थीहरुसँग सिक्ने र उनीहरुको शिक्षामा मार्गदर्शन गर्ने आफ्नो उत्साह रहेको उनले बताइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गोविन्द केसी फेरि किन बसे अनसनमा ?
-
एक वर्षमा नेपालको कुल वैदेशिक व्यापार २४ खर्ब नाघ्यो
-
सत्ताका लागि बीपीको मेलमिलाप नीति मिचियो, अब गाली होइन विवेकको राजनीति गरौँ : भीष्मराज आङ्देम्बे
-
सर्वोच्चको परमादेशः काठमाडौँको फोहोर व्यवस्थापनमा गर्न मुख्यसचिवको नेतृत्वमा समिति गठन गर्नू
-
नेप्सेमा १४.१७ अंकको वृद्धि, ४ अर्ब ६९ करोडको कारोबार
-
रिहापछि पहिलोपटक सार्वजनिक कार्यक्रममा देखिए विष्णु पौडेल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण