पार्टीमा एक–अर्कोलाई हिलो छ्यापाछ्याप गर्दा निराशा बढयो : उदयशमशेर राणा
बिहीबार, ०४ साउन २०८०, १७ : २४

काठमाडौँ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य उदयशमशेर राणाले पार्टीभित्र एकले अर्कोले आरोप प्रत्यारोपमा लाग्दा पार्टी कमजोर भएको बताएका छन् । पार्टीभित्रै एकले अर्कोलाई हिलो छ्याप्ने कामले पार्टी पंक्तिमा निराशा आएको राणाले बताए ।
आन्तरिक विवादले आफूभित्र लड्ने भन्दा पनि अरु शक्तिसँग प्रतिस्पर्धा गर्न पार्टीभित्र तयारी हुनुपर्ने उनले बताए । ‘शुद्धीकरण सबैलाई चाहिएको छ । शुद्धीकरणका नाममा आफूले आफूलाई गाली गरेर रुपान्तरण हुँदैन,’ राणाले भने ।
१८ वर्षदेखि ३५ वर्षका युवाहरु कांग्रेसतिर आकर्षित नभएको बैठकमा राणाले सुनाए । संसदमा कांग्रेस प्रस्तुति अन्यको तुलनामा कम भएको उनले बताए ।