मौद्रिक नीतिमा सामञ्जस्यता कायम गर्न राष्ट्र बैंकलाई अर्थ समितिको निर्देशन
काठमाडौँ । संसदीय समितिले चालु आर्थिक वर्षको मौद्रिक नीतिमा सामञ्जस्यता कायम गरी बजेटले लिएको आर्थिक वृद्धिको लक्ष्य कायम हुनेगरी मौद्रिक नीति जारी गर्न राष्ट्र बैंकलाई निर्देशन दिएको छ ।
बिहीवार बसेको प्रतिनिधि सभा अन्तरर्गतको अर्थ समितिको बैठकले नेपाल राष्ट्र बैंकलाई यस्तो निर्देशन दिएको हो । बैठकमा समितिका ज्येष्ठ सदस्य सभापति सन्तोष चालिसेले चालु आर्थिक वर्षको बजेटले लिएको आर्थिक वृद्धिको लक्ष्य हासिल हुनेगरी मौद्रिक नीति जारी गर्ने निर्देशन दिएको बताए । उनले बजेटले लक्ष्य लिएको आर्थिक वृद्धि गर्न आवश्यक पर्ने लगानी र आर्थिक गतिविधि चलायमान हुने गरी मौद्रिक नीति जारी गर्नुपर्ने समितिले निर्णय गरेको बताए ।
उनले आन्तरिक उत्पादन वृद्धि र रोजगारीलाई प्रोत्साहन गर्ने र अर्थतन्त्र चलायमान बनाउने नीतिहरु अवलम्वन गर्न, बैंकहरुले प्रवाह गर्ने कर्जाको सुपरिवेक्षण गर्ने संयन्त्रलाई प्रभावकारी रुपमा परिचालन गर्न निर्देशन दिएको बताए ।
उनले भने,‘मौद्रिक नीतिमा सापेक्षता कायम गर्न मौद्रिक नीतिमा सामञ्जस्यता कायम गरी मुद्रास्फिर्तीलाई वार्षिक बिन्दु २०८०÷८१ को बजेट लिएको लक्ष्यभित्र सिमित गरी बजेटले लक्ष्य लिएको आर्थिक वृद्धि हासिल गर्न आवश्यक पर्ने लगानी र आर्थिक गतिविधि चलायमान हुनेगरी मौद्रिक नीति जारी गर्न, आन्तरिक उत्पादन वृद्धि र रोजगारीलाई प्रोत्साहन गर्ने र अर्थतन्त्र चलायमान बनाउने नीतिहरु अवलम्वन गर्न,बैंकहरुले प्रवाह गर्ने कर्जाको सुपरीवेक्षण गर्ने संयन्त्रलाई प्रभावकारी रुपमा परिचालन गर्न,सहकारी क्षेत्रमा देखिएको विकृति र कारोबार गर्ने सहकारीको नियमन नेपाल राष्ट्र बैंक मार्फत गराउन उचित आवश्यक र समन्वयको विषयमा राष्ट्र बैंकले अध्ययन गरी राष्ट्र बैंकले आफ्नो धारणा समितिलाई लिखित रुपमा उपलब्ध गराउन निर्देशन दिन्छौं ।’
उनले अनुचित कारोबार गर्ने सहकारीको नियमन नेपाल राष्ट्र बैंकमार्फत गर्नेगरी आवश्यक र समन्वयको विषयमा राष्ट्र बैंकले अध्ययन गरी राष्ट्र बैंकले आफ्नो धारणा समितिलाई लिखित रुपमा उपलब्ध गराउन निर्देशन दिएको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लामाखेतमा बस्ती संरक्षण योजना निर्माण
-
आर्थिक विधेयकको त्रुटि : घटेको २० पेजमा के-के विषय सच्याइयो ?
-
ध्वनि प्रदूषण गर्ने मोटरसाइकल धमाधम नियन्त्रणमा लिइँदै
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
के एसियाली च्याम्पियन कतार नकआउट चरणमा पुग्न सक्छ ?
-
चुरोट र बिडीले पुरुषको यौन स्वास्थ्यलाई पुर्याउँछ हानी ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण