दुई वर्षको पुरस्कार एकसाथ प्रदान गरिँदै
काठमाडौं । ‘भुवन चैत्य वसुन्धारा फाउन्डेसन’ले दुई वर्षको पुरस्कार एकसाथ प्रदान गर्ने भएको छ । उक्त पुरस्कार यही महिना प्रदान गरिनेछ । फाउन्डेसनका अध्यक्ष भुवन थापा चन्दले दुई वर्षको छवटा पुरस्कार प्रदान गर्ने निर्णय गरिएको जानकारी दिए । नेपाली कला, संस्कृति, रङ्गमञ्च, गीत, सङ्गीत, साहित्य तथा समाजसेवामा सक्रिय व्यक्तित्वलाई पुरस्कार प्रदान गर्न लागिएको उनले बताए ।
विसं २०७८ को ‘हरिश–भुवन चन्द पुरस्कार २०७८’बाट चलचित्रकर्मी यादव खरेल, ‘चैत्यदेवी पुरस्कार २०७८’बाट सङ्गीतकर्मी गणेश रसिक र ‘चेतनारायण–वसुन्धरा भुसाल पुरस्कार २०७८’बाट अभिनेत्री मिथिला शर्मालाई सम्मान गर्ने निर्णय गरिएको अध्यक्ष चन्दले बताए ।
यस्तै ‘हरिश–भुवन चन्द पुरस्कार २०७९’ चलचित्रकर्मी नीर शाह, ‘चैत्यदेवी पुरस्कार २०७९’ अभिनेता शिव श्रेष्ठ र ‘चेतनारायण–वसुन्धरा भुसाल पुरस्कार २०७९’ अभिनेत्री शर्मिला मल्ललाई प्रदान गर्ने फाउन्डेसनले निर्णय गरेको छ । “यसै महिनाभित्र एक समरोह आयोजना गर्दै घोषणा गरिएका पुरस्कार प्रदान गरिने छन्”, उनले भने ।
पुरस्कारको राशि जनही रु ५१ हजार रहेको छ । विसं २०७५ मा स्थापना भएको सो फाउन्डेसनले बर्सेनी पुरस्कार प्रदान गर्दैआएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
उपभोक्तालाई निर्बाध इन्टरनेट सेवा उपलब्ध नगराए हदैसम्मको कारबाही हुन्छ : दूरसञ्चार प्राधिकरण
-
वैशाख ३१ मा बागमती प्रदेश अधिवेशन बोलाउन दलहरू सहमत
-
आप्रवासन विभागको सदस्यमा देउवाले गरे १० जना मनोनीत
-
वायु प्रदूषण बढेकाले सावधानी अपनाउन मन्त्रालयकाे अपिल
-
सरकारले एक सय रुपैयाँको नोटमा चुच्चे नक्सा राख्ने
-
डढेलो रोक्न हेलिकोप्टर प्रयोगबारे मन्त्रिपरिषद्मा गृहमन्त्री लामिछानेको प्रस्ताव