साहित्यकार रेग्मी र पत्रकार न्यौपाने पुरस्कृत
शुक्रबार, ०५ साउन २०८०, १९ : ०५
विराटनगर । दधिराज सुवेदी पुरस्कारबाट वरिष्ठ साहित्यकार सनत रेग्मी र विराटनगरका पत्रकार अनन्तराज न्यौपाने पुरस्कृत भएका छन् ।
रेग्मीलाई साहित्य र न्यौपानेलाई पत्रकारिता क्षेत्रमा योगदान पुर्याएको भन्दै पुरस्कृत गरिएको हो । दुवै जनालाई संघीय सरकारका युवा तथा खेलकुदमन्त्री डिगबहादुर लिम्बूले पुरस्कृत गरे ।
साहित्य पुरस्कार ५१ हजार र पत्रकारिता पुरस्कार २५ हजार राशिको छ । विराटनगरमा रहेर आर्थिक क्षेत्रमा कलम चलाउँदै आएका न्यौपाने बिजमाण्डू अनलाइन पत्रिकामा आबद्ध छन् भने रेग्मी नेपालगन्जमा रहेर साहित्य लेखनमा सक्रिय छन् ।
विराटनगरका प्राज्ञ दधिराज सुवेदीको जीवनकालमै उनका छोराले स्थापना गरेको प्रतिष्ठानले सात वर्षदेखि साहित्य र पत्रकारितामा योगदान दिने व्यक्तित्वलाई सम्मान तथा पुरस्कृत गर्दै आएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ट्रम्पले दिए इरानमाथि जमिनबाट हमलाको संकेत
-
फ्रान्स नयाँ प्रशिक्षकको खोजीमा, को बन्ला डेसाम्प्सको उत्तराधिकारी ?
-
वारेन बफेटले यस वर्ष दिएनन् गेट्स फाउन्डेसनलाई दान
-
अमेरिका–इरान दुवै पक्ष फेरि पुरानै अवस्थातर्फ, युद्ध अन्त्य गर्न संघर्षरत ट्रम्प
-
प्रतिवेदन लेख्न बादल नेतृत्वको कार्यदलले गर्यो ढिलाइ
-
चार वर्ष पुग्न लाग्दा सुदूरपश्चिम प्रदेश सभाबाट १५ ऐन प्रमाणीकरण, ८ विधेयक अझै समितिमै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण