मौद्रिक नीति कुर्दै भन्सारमा रोकिए ४ हजार गाडी
काठमाडौँ । मुलुकका विभिन्न ठूला भन्सार नाकाहरुमा महिनौदेखि ४ हजारभन्दा बढी सवारीसाधन रोकिएका छन् । भन्सार विभागका निर्देशक पुण्यविक्रम खड्काले विभिन्न कम्पनीका सवारीसाधन ल्याउने व्यवसायीहरुले भन्सारसम्म गाडी ल्याएर पनि जाँचपास नगरेको जानकारी दिए ।
उनका अनुसार जाँचपास नभएर भन्सार नाकाहरुमा रोकिएका सवारीसाधनको संख्या ४ हजार ३० छ। रोकिएका सवारीसाधन जाँचपास गराएको भए सरकारलाई झण्डै ७ अर्ब राजस्व आउने थियो।
यो वर्ष भन्सार राजस्व कम हुनुमा यी सवारीसाधन जाँचपास नहुनु पनि एउटा कारण रहेको उनले बताए । निर्देशक खड्काका अनुसार वीरगञ्ज, भैरहवा, रसुवागढी र चोभार भन्सारमा गरी यो संख्यामा सवारीसाधन रोकिएका हुन् ।
वीरगञ्जमा २ हजार २ सय, भैरहवामा १ हजार ५ सय, रसुवागढीमा ३ सय र चोभारमा करिव ३० वटा गाडी रोकिएका छन्।
बैंकहरुले गाडी खरिदमा दिने गरेको अटो लोनमा कडाइ गर्दा व्यवसायीले भन्सारमा गाडी रोकेको हुन सक्ने खड्काले बताए। केही व्यवसायीहरुले आगामी मौद्रिक नीति कुरेर बसेको बताउने गरेको पनि उनले सुनाए
सवारीसाधन बिक्री गर्ने व्यवसायीहरुका अनुसार बजारमा माग कम भएकाले गाडीको भन्सार जाँचपास नगरिएको हो। माग कम हुनुमा धेरै कारण भए पनि चालु मौद्रिक नीतिको व्यवस्था सबैभन्दा ठूलो रहेको उनीहरुको भनाइ छ।
अहिले राष्ट्र बैंकले गाडी खरिद गर्ने उपभोक्ताले कुल मूल्यको अनिवार्य रुपमा ५० प्रतिशत डाउन पेमेन्ट गर्नपर्ने व्यवस्था गरेको छ। यो समाचार कारोबार दैनिकमा छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भिनिसियस जुनियरको जारी विश्वकपमा ‘थ्री आउट अफ थ्री’ को सानदार रेकर्ड
-
दिगो कृषि तथा खाद्य प्रणालीसम्बन्धी राष्ट्रिय सम्मेलन चितवनमा
-
अनैतिक गतिविधिमा संलग्न २४ जना नियन्त्रणमा
-
भोटिङ मेसिनमा उम्मेदवारको वरीयताप्रति गणेश कार्कीको आपत्ति
-
समूह ‘सी’ को निर्णायक भिडन्तमा ब्राजिल र स्कटल्याण्ड भिड्दै, नेयमार टोली बाहिर
-
स्वीट्जरल्याण्ड समूह विजेता बन्दा कतार बाहिरियो, बोस्नियाको भाग्य अन्य समूहको हातमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण