३० वर्षपछि सरोज खनालले भेटे ‘सान्नानी’, तर चिनेनन्
काठमाडौँ । अभिनेता तथा निर्देशक सराेज खनालले ३० वर्ष पछाडि सान्नानी भेटेका छन् । आफूले पहिलो पटक निर्देशन गरेको ‘बगान’ चलचित्रको प्रमोसनका लागि दौडधुपमा रहेका अभिनेता खनालले २०५० सालमा निमार्ण भएको ‘सान्नानी’को नायिकालाई हिजो भेटेका हुन् ।
सो फिल्ममा खनाल हिरोको भूमिका हुँदा ‘सान्नानी’ मेघा पोखरेल भने हिरोइनको भूमिकामा थिइन । तर, सो फिल्म पछि ‘सान्नानी’ कतै पनि देखा परिनन्, खनालका अनुसार उनी लगभग गुमनाम जस्तै भएकी थिइन् । तर, शनिबार उनै नायिका पोखरेलले ‘मलाई चिन्नुभयो ?’ भन्दै आए पछि आफू एकछिन अक्क न बक्क परेको समेत खनालले सुनाएका छन् ।
अनि उनले सामाजिक सञ्जालमा लेखे, ‘२०५० साल तिर हराएकी सान्नानी आज बगानमा भेट्टिन’ खनालले सो भेट पछि लेखेका छन्, ‘उनले अभिनय गरेका २ चलचित्र ‘सोल्टिनी’ र ‘सान्नानी’ जुन त्यति बेला दर्शकले अत्यधिक मन पराउनु भएको सुपरहिट चलचित्र थियो, सान्नानीमा म उनको नायक थिए, यी दुवै चलचित्र चल्नुको कारण उनको अभिनय थियो, सबै निर्माता र निर्देशक उनलाई आफ्नो फिल्ममा लिन लालायित थिए, तर सान्नानी खेलेपछि उनी एकाएक चलचित्र क्षेत्रबाट हराइन, उनको धेरै खोजी भयो तर न उनलाई कसैले भेटे न उनी फर्केर आइन् ।’
उनले नायिका पोखरेललाई भेट पछि भावुक हुँदै अगाडी लेखेका छन्, ‘शनिवार सिभिल मलमा बगान हेर्न आउनु भएका दर्शकलाई भेट्न जाँदा फोटो खिच्न आउनु हुने दर्शकको भिडबाट ‘मलाई चिन्नु हुन्छ ?’ भन्दै उनी म तिर आइन्, मैले झट्ट उनलाई चिन्न सकिन किनकि ३० वर्षमा उनीमा धेरै परिवर्तन आइसकेको थियो , तर जब उनी हाँसिन मैले उनलाई चिने, ३० वर्षपछि पनि सान्नानीको हाँसो उस्तै थियो, सान्नानी र सोल्टिनी अर्थात नायिका मेघा पोखरेल ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
डा.गोविन्द केसीको जीवन रक्षाका लागि सरकारलाई ताकेता गर्न समितिमा निवेदन
-
बंगलादेशका राष्ट्रपति शाहाबुद्दिनले दिए राजीनामा
-
पाल्पामा खोलामा हाम फाले पुरुष, सकुशल उद्धार
-
आकासमा काँलो बादल मडारिना साथ त्रसित हुन्छन् ‘ब्रह्मपुरी’का बासिन्दा
-
उच्च र विशेष अदालतको आदेश बदर गर्न माग गर्दै व्यवसायी दीपक भट्ट सर्वोच्च पुगे
-
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गुनासो सुन्न सुरु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण