अफगानिस्तानमा आईएसको उपस्थिति नरहेको दाबी
काबुल । अफगानिस्तानको कामचलाउ सरकारले देशमा इस्लामिक स्टेट (आईएस) संगठनको उपस्थिति नरहेको दाबी गर्दै त्यससम्बन्धमा सार्वजनिक विवरण आधारहीन भएका बताएको छ । साथै उसले ती विवरणको खण्डन पनि गरेको छ ।
अफगानिस्तानको इस्लामिक इमिरेट्सले कसैलाई अफगानिस्तानको राष्ट्रिय सुरक्षामा खलल पार्ने वा आफ्नो भूमि अरूका विरुद्धमा प्रयोग गर्न नदिने कार्यवाहक सरकारका विदेश मन्त्रालयका प्रवक्ता अब्दुल काहार बल्खीले स्पष्ट गरेका छन् ।
इरानका एक जना वरिष्ठ कूटनीतिज्ञले आतंकवादी समूह आईएसका कार्यकर्तालाई सिरिया, लिबिया र इराकबाट अफगानिस्तानमा सारिएको दाबी गरेपछि प्रवक्ता काहारको उक्त स्पष्टीकरण आएको हो । “हामी इरानी विदेशमन्त्रीले इराक, सिरिया र लिबियाबाट आईएसका नेतालाई अफगानिस्तानमा सारिएको दाबी गर्ने आरोपलाई अस्वीकार गर्दछौँ,” बल्खीले ट्वीट गरेका छन् ।
यसअघि अफगान सुरक्षा बलहरूले आईएससँग सम्बद्ध दर्जनौँ कार्यकर्ताहरूलाई मारेको र गिरफ्तार गरेका थिए । चरमपन्थी सशस्त्र समूहले राजधानी काबुलमा मस्जिद, होटल र विदेश मन्त्रालयका कर्मचारीलगायत धेरै जनामाथि भएका घातक हमलाको जिम्मेवारी लिएको थियो ।-(रासस/सिन्ह्वा)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
डा. गोविन्द केसीलाई अनसन स्थगित गर्न सुदूरपश्चिमेलीको आग्रह
-
रास्वपा सभापति रवि चीन भ्रमणमा जाँदै
-
देशका विभिन्न ६ वटा सडकखण्ड पूर्ण रूपमा अवरुद्ध, ११ आंशिक सञ्चालनमा
-
बीमा र धितोपत्र सम्बन्धी कसूरमा फरार मृगेन्द्रनाथ रिमाल पक्राउ
-
त्रिविसहित अन्य विश्वविद्यालयमा प्रोफेसर एक्सचेन्ज प्रोग्राम ल्याउन पहल थालेको छु : शिक्षामन्त्री
-
चोभारमा पौडी खेल्न बागमतीमा हामफालेका युवक बेपत्ता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण