शनिबार, २२ वैशाख २०८१
ताजा लोकप्रिय

अफगानिस्तानमा आईएसको उपस्थिति नरहेको दाबी

आइतबार, ०७ साउन २०८०, १४ : ५१
आइतबार, ०७ साउन २०८०

काबुल । अफगानिस्तानको कामचलाउ सरकारले देशमा इस्लामिक स्टेट (आईएस) संगठनको उपस्थिति नरहेको दाबी गर्दै त्यससम्बन्धमा सार्वजनिक विवरण आधारहीन भएका बताएको छ । साथै उसले ती विवरणको खण्डन पनि गरेको छ ।

अफगानिस्तानको इस्लामिक इमिरेट्सले कसैलाई अफगानिस्तानको राष्ट्रिय सुरक्षामा खलल पार्ने वा आफ्नो भूमि अरूका विरुद्धमा प्रयोग गर्न नदिने कार्यवाहक सरकारका विदेश मन्त्रालयका प्रवक्ता अब्दुल काहार बल्खीले स्पष्ट गरेका छन् ।

इरानका एक जना वरिष्ठ कूटनीतिज्ञले आतंकवादी समूह आईएसका कार्यकर्तालाई सिरिया, लिबिया र इराकबाट अफगानिस्तानमा सारिएको दाबी गरेपछि प्रवक्ता काहारको उक्त स्पष्टीकरण आएको हो । “हामी इरानी विदेशमन्त्रीले इराक, सिरिया र लिबियाबाट आईएसका नेतालाई अफगानिस्तानमा सारिएको दाबी गर्ने आरोपलाई अस्वीकार गर्दछौँ,” बल्खीले ट्वीट गरेका छन् । 

यसअघि अफगान सुरक्षा बलहरूले आईएससँग सम्बद्ध दर्जनौँ कार्यकर्ताहरूलाई मारेको र गिरफ्तार गरेका थिए ।  चरमपन्थी सशस्त्र समूहले राजधानी काबुलमा मस्जिद, होटल र विदेश मन्त्रालयका कर्मचारीलगायत धेरै जनामाथि भएका घातक हमलाको जिम्मेवारी लिएको थियो ।-(रासस/सिन्ह्वा) 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप