एक वर्षमा चितवन राष्ट्रिय निकुञ्जमा ११७ वन्यजन्तुको मृत्यु, सबैभन्दा बढी चित्तल र गैँडा (सूची)
आइतबार, ०७ साउन २०८०, १५ : ५०
काठमाडौँ । चितवन राष्ट्रिय निकुञ्जमा गत आर्थिक वर्ष २०७९/८० मा ११७ वटा वन्यजन्तुको मृत्यु भएको छ । निकुञ्जका अनुसार सबैभन्दा बढी ५५ वटा चित्तलको मृत्यु भएको हो ।
यसमध्ये २८ वटा चित्तलको प्राकृतिक मृत्यु भएको थियो भने २५ वटाको कुकुरको आक्रमणबाट मृत्यु भएको थियो । त्यस्तै, यही अवधिमा २२ वटा गैँडाको मृत्यु समेत भएको छ । अधिकांश गैँडाको प्राकृतिक मृत्यु भएको थियो । १७ वटा गैँडाको प्राकृतिक मृत्यु हुँदा २ वटा विद्युतीय करेन्टबाट तथा जुधेर, चोरी सिकारी र बाढीले बगाएर १–१ वटाको मृत्यु भएको थियो ।
यसैगरी ३ वटा अर्ना, १ वटा चितुवा, २ वटा हात्ती, ३ वटा बाघ, ३ वटा गौरीगाई, ७ वटा जरायो, २ वटा बँदेल, २ वटा कछुवा, १ वटा लगुना, १ वटा धनेश, ९ वटा घडियाल गोही, २ वटा मगर गोही, २ वटा रतुवा, १ वटा दुम्सी र १ वटा स्यालको मृत्यु भएको निकुञ्जले जानकारी दिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इबोला प्रकोपले बढायो विश्वव्यापी चिन्ता
-
अमेरिकाको वासिङ्टन तट नजिक समुद्री विमान दुर्घटना
-
सरकारका प्रवक्ताले भने- आइतबारको बिदा कायम रहन्छ
-
अमेरिकीहरूमा पुँजीवादप्रतिको विश्वास घट्दै
-
ट्राफिकले चिट काट्नै नपरोस्, टिकट लेख्नै नपरोस् : आईजीपी कार्की
-
कुकुरेल्लाको खुला घुम्रिएको कपालको भावुक रहस्यः छोराका लागि खुलै राख्छन् कपाल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण