ट्रेलरमा यस्तो देखियो ‘अदृश्य’
काठमाडौँ । प्रमोद अग्रहरी, रिस्ता बस्नेत र सोहीत मानन्धरको मुख्य भूमिका रहेको फिल्म ‘अदृश्य’को ट्रेलर सार्वजनिक भएको छ । २ मिनेट १३ सेकेण्ड लामो ट्रेलरले सस्पेन्स थ्रिलर ट्रेलरमा हत्या, हिंसा र बलत्कार जस्ता अपराधको विषय बस्तुले प्रथामिकता पाएको छ । ट्रेलरले सत्ता र शक्तिको आडमा कसरी अपराधीले सजिलै कानुनको गलत प्रयोग गर्छ भन्ने देखाएको छ ।
प्रल्हाद काफ्लेको डेव्यु निर्देशन रहेको फिल्ममा मिना बस्नेत र उमारुद्रा काफ्लेको लगानी निर्माण भएको हो । रविन अधिकारी र रिकेश खत्री फिल्मका सह–निर्माता हुन् ।
पिताम्बर फिल्मुसको प्रस्तुतिमा निर्माण भएको फिल्ममा प्रमोद, रिस्ताको अलवा सोहित मानन्धर, प्रविन खतिवडा, छुल्ठिम गुरुङ, रवी गिरी, सिएम भारद्धाज सुवेदी, विकेश प्रजापती, गीत बिष्ट, सुरज बिष्ट, जसिता घिमिरे, सन्दीप बाबु लोहनी, रुपेश दाहाल, सुजन बज्राचार्य, अजित रेग्मी, रुपेश थापा, अभिमान सिंह बस्नेत र प्रतिक भुजेल लगायतका कलाकारको अभिनय छ ।
राकेश रनपालको कथा, आकाश उखेडाको पटकथा तथा संवाद, उत्तम हुमागाई र मोहन कुमार झिल्लुको छायांकन, विशाल पौडेलको संगीत, शिशिर खातीको कोरियोग्राफी, मुकेश शाहको पाश्र्व संगीत, निशान घिमिरेको कलर, बनिश शाहको सम्पादन रहेको फिल्मका प्रोडक्सन म्यानेजर प्रकाश बुढाथोकी र दिलिप पन्त हुन् । फिल्म आरआर फिल्मस्ले वितरण गर्दैछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मुस्ताङ भन्सारबाट ६ अर्ब ६६ करोड बढी राजस्व सङ्कलन
-
व्यावसायिक रुद्राक्ष खेतीबाट राम्रो आम्दानी गर्दै मैदानेका किसान
-
दमौली बजारका अवैध संरचना हटाउन आग्रह
-
अर्मेनियाका प्रधानमन्त्रीको दललाई बहुमतको सङ्केत
-
गाडी दुर्घटनामा मुस्ताङ घुमेर फर्कँदै गरेका पाँच जना आन्तरिक पर्यटक घाइते
-
१२ बजे १२ समाचार: सत्ता पक्ष र विपक्षी दलबिच संवादहीनता तोडियो, सुधनको सम्पत्तिमा समितिले देखेन खोट
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण