पार्टीले दलितलाई टिकटमा सधैँ बेवास्ता गर्यो : सहमहामन्त्री परियार
काठमाडौँ । नेपाली कांग्रेसका सहमहामन्त्री जीवन परियारले पार्टीले उम्मेदवार बनाउँदा दलितलाई सधैँ बेवास्ता गरेको बताएका छन् ।
आइतबार केन्द्रीय समितिको बैठकमा उनले २०४८ पछिका चुनावमा दलितलाई जम्मा ३ जनालाई मात्र पार्टीले प्रत्यक्षतर्फ उम्मेदवार बनाउनु लाजमर्दो भएको बताए ।
गत निर्वाचनमा मीन विश्वकर्मा, लक्ष्मी परियार, सुजाता परियार, मानबहादुर नेपालीलाई प्रत्यक्षतर्फ उम्मेदवार बनाउन आग्रह गरिए पनि सम्भव नभएको सहमहामन्त्री परियारले बताए ।
अघिल्लो केन्द्रीय समिति बैठकले भ्रातृसंस्थाको नेतृत्व बनाउँदा पार्टीभित्र परामर्श गरेर सभापतिले निर्णय लिने भनिए पनि हुन नसकेको बताए ।
‘भ्रातृसंस्था बनाउँदा परामर्श गरेर गर्ने निर्णय केन्द्रीय समितिले गरेको थियो । एकपक्षीय भयो भन्ने व्यापक गुनासो छ, सभापति ज्यू’, परियारले भने ।
पार्टीभित्र विगतको कमजोरीहरु लुकाउँदै आइएको र त्यसलाई अहिले देखाउने कार्य प्रत्यक्ष प्रसारणमार्फत भएको उनले सुनाए ।
‘आजसम्म हामीबाट भएका कमी कमजोरीहरु लुकाउँदै आयौं, आज देखाउँदै छौं । यी दुबै विकल्प उपयुक्त होइनन् । खास त सच्याउनुपर्ने हो । अब हाम्रो ध्यान यसतर्फ पुर्याऔं,’ उनी भन्छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गौतमबुद्ध विमानस्थलबाट नियमित उडान गर्नुपर्नेमा जोड
-
पोखरामा शुक्रबारदेखि गण्डकी प्रदेश विद्यालय क्रिकेट च्याम्पियनसिप हुँदै
-
‘पुस्तान्तरण भइसकेको राजनीति पुरानैतिर फर्कने सम्भावना छैन, सरकारलाई काम गर्न दिऔँ’
-
रविलाई भारतले दिएको सम्मान 'बालेनीय आविष्कार'काे प्रभाव – खग्रेन्द्र संग्रौला
-
भोजपुरमा ‘मुन्दुम मनसुन ट्रेल रेस’ हुँदै
-
१० बजे १० समाचार : टिकटकर अधिकारी जेलमा, कैदीलाई होटलमा लगेर मासु र बियर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण