पार्टीले दलितलाई टिकटमा सधैँ बेवास्ता गर्यो : सहमहामन्त्री परियार

काठमाडौँ । नेपाली कांग्रेसका सहमहामन्त्री जीवन परियारले पार्टीले उम्मेदवार बनाउँदा दलितलाई सधैँ बेवास्ता गरेको बताएका छन् ।
आइतबार केन्द्रीय समितिको बैठकमा उनले २०४८ पछिका चुनावमा दलितलाई जम्मा ३ जनालाई मात्र पार्टीले प्रत्यक्षतर्फ उम्मेदवार बनाउनु लाजमर्दो भएको बताए ।
गत निर्वाचनमा मीन विश्वकर्मा, लक्ष्मी परियार, सुजाता परियार, मानबहादुर नेपालीलाई प्रत्यक्षतर्फ उम्मेदवार बनाउन आग्रह गरिए पनि सम्भव नभएको सहमहामन्त्री परियारले बताए ।
अघिल्लो केन्द्रीय समिति बैठकले भ्रातृसंस्थाको नेतृत्व बनाउँदा पार्टीभित्र परामर्श गरेर सभापतिले निर्णय लिने भनिए पनि हुन नसकेको बताए ।
‘भ्रातृसंस्था बनाउँदा परामर्श गरेर गर्ने निर्णय केन्द्रीय समितिले गरेको थियो । एकपक्षीय भयो भन्ने व्यापक गुनासो छ, सभापति ज्यू’, परियारले भने ।
पार्टीभित्र विगतको कमजोरीहरु लुकाउँदै आइएको र त्यसलाई अहिले देखाउने कार्य प्रत्यक्ष प्रसारणमार्फत भएको उनले सुनाए ।
‘आजसम्म हामीबाट भएका कमी कमजोरीहरु लुकाउँदै आयौं, आज देखाउँदै छौं । यी दुबै विकल्प उपयुक्त होइनन् । खास त सच्याउनुपर्ने हो । अब हाम्रो ध्यान यसतर्फ पुर्याऔं,’ उनी भन्छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यस्तो छ आज सागसब्जी र फलफूलको अधिकतम थोक मूल्य
-
गभर्नर नियुक्ति प्रकरण : पन्छिएका उम्मेदवार फेरि रेसमा
-
काठमाडौँको बौद्धमा २५६९ औँ बुद्ध जयन्तीलाई विशेष बनाइने
-
महेन्द्रनगर बजार : सौन्दर्यीकरणका कामसँगै थपियो उत्साह
-
विद्युत् सेवा बन्द हुँदा चार सय असी घरधुरी तीन महिनादेखि अन्धकारमा बस्न बाध्य
-
बंगलामुखिको बार आज कुन राशिलाई कस्तो फल ?