निकुञ्जमा एक वर्षमा एक सय १७ जनावर मरे
चितवन । गत आर्थिक वर्षमा चितवन राष्ट्रिय निकुञ्जमा एक सय १७ वटा जनावर मृत फेला परेका छन् । निकुञ्ज र मध्यवर्ती सामुदायिक वन क्षेत्रमा १७ प्रकारका जनावर मृत अवस्थामा भेटिएका हुन् ।
निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीकाअनुसार मृत भेटिएका जनावरमध्ये प्राकृतिक कारणले मरेका धेरै रहेका छन् । उनका अनुसार प्राकृतिक कारणले ८० जनावर मरेका छन् । कुकुरले टोकेर २६ वटा जनावर मरेका छन् । यस क्षेत्रमा सो समयमा ५५ वटा चित्तल, चोरीशिकारीबाट दुईसहित २२ वटा गैँडा, घडियाल गोही नौ वटा, जरायो सातवटा, गौरी गाई, अर्ना र बाघ तीन–तीनवटा मृत फेला परेका छन् ।
हात्ती, बँदेल, कछुवा, मगरगोही र रतुवा दुई–दुईवटा मृत अवस्थामा भेटिएको उनले बताए । दुम्सी, स्याल, धनेश, लगुना, जरायो, चितुवा एक/एक वटा मृत अवस्थामा भेटिएका हुन् ।
सोही समयमा एक सय ४२ वटा जनावरको उद्धार गरिएको निकुञ्जको तथ्याङ्कले देखाएको छ । जसमध्ये अजिङ्गर ८६ वटा, सर्प १९ वटा, चित्तल १३ वटा, गैँडा र बाघ छरछ वटा, घडियाल गोही पाँच वटाको उद्धार गरिएको छ । यस्तै कछुवा दुई वटा, गोहोरो, सालक, मगर गोही, जरायो र सुन गोहरो एक–एक वटाको उद्धार गरिएको तिवारीले जानकारी दिए ।
उद्धार गरिएकामध्ये एउटा बाघलाई पर्सा राष्ट्रिय निकुञ्ज, एउटालाई चितवन राष्ट्रिय निकुञ्जमा छोडिएको छ । अन्य बाघ निकुञ्जको खोरमा राखिएको उनले बताए । अन्य जनावरलाई उनीहरुको अवस्था हेरी सुरक्षित बासस्थानमा छोडिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
व्यावसायिक रुद्राक्ष खेतीबाट राम्रो आम्दानी गर्दै मैदानेका किसान
-
दमौली बजारका अवैध संरचना हटाउन आग्रह
-
अर्मेनियाका प्रधानमन्त्रीको दललाई बहुमतको सङ्केत
-
गाडी दुर्घटनामा मुस्ताङ घुमेर फर्कँदै गरेका पाँच जना आन्तरिक पर्यटक घाइते
-
१२ बजे १२ समाचार: सत्ता पक्ष र विपक्षी दलबिच संवादहीनता तोडियो, सुधनको सम्पत्तिमा समितिले देखेन खोट
-
स्वीकृतभन्दा बढी शय्या सञ्चालन गर्ने मेडिकलबाट बेरुजु रकम असुल गरिने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण